४ पुस २०८२, शुक्रबार | December 19, 2025

रूपन्देही सुपरलिग : सैनामैना डिभिजन ‘ए’ मा



भैरहवा । भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपरलिग क्रिकेट प्रक्रियोगितामा सैनामैना क्रिकेट क्लब डिभिजन ‘बी बाट ‘ए’मा प्रवेश गरेको छ । बुधबार भएको डिभिजन ‘बी’को खेलमा साई ग्लोबल एकेडेमीलाई ६ विकेटले पराजित गर्दै सैनामैना ‘ए’ डिभिजनमा प्रवेश गरेको हो ।

सिद्धार्थ रंगशालामा टस जितेर ब्याटिङ रोजेको साई ग्लोबलले निर्धारित ५० ओभरको खेलमा ४०.१ ओभरमा सबै विकेट गुमाउँदै १ सय ५० रनको मध्ययम स्कोर बनायो । उसका लागि अभिजित ज्ञवालीले ५६, सुरज यादवले १६, ऋषि रानाले १२ र आषिश रोक्काले १० रन बनाए । बलिङमा सैनामैनाका करण विक र सन्जु बोहराले समान ३–३ तथा सुनिल पौडेल, अशोक विक र गणेश गौतमले समान १–१ विकेट लिए ।

प्रतिउत्तरमा १ सय ५१ रनको सामान्य लक्ष्य पछ्याएको सैनामैनाले २३.१ ओभरमा ४ विकेटको क्षतिमा लक्ष्य भेट्टायो र जित निकाल्यो । उसको जितमा सन्जु बोहराले नटआउट ४२, विशाल रानाले ३१, गणेश घिमिरेले २९ र करण विकले नटआउट १९ रनको योगदान दिए । बलिङमा साई ग्लोबलका राहुल थापाले २ तथा अनिल यादव र विवेक कोहाँरले १–१ विकेट लिए । सैनामैनाका सन्जु बोहरा म्यान अफ द म्याच भई एक हजार रुपैयाँबाट पुरस्कृत भएको आयोजक संस्था रुपन्देही क्रिकेट संघका उपाध्यक्ष एवं प्रतियोगिता संयोजक धिरज अधिकारीले बताए ।

चैत्र ३ गतेसम्म चल्ने प्रतियोगितामा ए डिभिजनका ८ र बी डिभिजनका १२ गरी २० टिमको सहभागिता छ । प्रतियोगितामा बिजेताले १ लाख रुपैयाँ र ट्रफी तथा उपबिजेताले ५० हजार र ट्रफी प्राप्त गर्नेछन् । प्रतियोगितामा म्यान अफ द सिरिजले १५ हजार रुपैयाँ, बेस्ट ब्याट्सम्यान, बेस्ट बलर र उदयीमान खेलाडीले जनही ५ हजार रुपैयाँ तथा प्रत्येक खेलेको म्यान अफ द म्याचले १ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

प्रकाशित मिति : १० फाल्गुन २०७९, बुधबार  ४ : १४ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको