२४ बैशाख २०८१, सोमबार | May 6, 2024

मुख्यमन्त्री गिरीद्वारा हात्तीपाइले विरुद्धको औषधि खुवाउने अभियानको शुभारम्भ



देउखुरी । मुख्यमन्त्री लिला गिरीले लुम्बिनी प्रदेशका तीन जिल्लामा सुरु भएको हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने अभियानको आज एक संक्षिप्त समारोहबीच दाङको देउखुरीबाट शुभारम्भ गरेका छन ।

राप्ती उपत्यकाको देउखुरी पिपरी स्थित स्वास्थ्य चौकीमा आयोजित संक्षिप्त अभियानको सुभारम्भ गरे । लुम्बिनी प्रदेशका दाङ, कपिलवस्तु, बाँकेसहित मुलुकका १५ जिल्लामा यो अभियान सुरु भएको छ । अभियान फागुन २५ गतेसम्म सन्चालन हुनेछ ।

झापा, मोरङ, धनुषा, महोत्तरी, रौतहट, सर्लाही, बारा, रसुवा, लमजुङ, पर्वत, बागलुङ, कपिलवस्तु, बाँके, दाङ र कैलाली जिल्लामा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने अभियान सन्चालन भएको हो ।

दुई वर्ष उमेर पूरा गरेका सबैले यो औषधि खानुपर्छ । तर दुई वर्ष नपुगेका बालबालिका, गर्भवती, ७ दिनसम्मका सुत्केरी र सिकिस्त भई ओछ्यान परेका बिरामीहरुले भने हात्तीपाइले रोग विरुद्धको औषधि खान नहुने स्वास्थ्यकर्मीको भनाइ छ ।

तालिमप्राप्त स्वास्थ्यकर्मीको उपस्थितिमा सार्वजनिक स्थलहरुमा औषधि खुवाउने भएकाले आफूलाई पायक पर्ने ठाउँमा पुगेर औषधि सेवन गर्न मुख्यमन्त्रीले आग्रह गरेका छन ।

कार्यक्रममा मन्त्री इन्द्रजीत चौधरी, स्वास्थ्य सचिव विकास देवकोटा, पालिका अध्यक्ष प्रकाश विष्टलगायत सहभागी थिए । औषधि सेवनले हाम्रो शरीरमा हात्तीपाइले रोगको परजीवि भए नस्ट गर्ने र हात्तीपाइले रोगबाट बचाउने स्वास्थ्यकर्मीको भनाइ छ । लामखुट्टेको टोकाइबाट सर्ने हात्तीपाइले रोग लागेमा खुट्टा, स्तन र अण्डकोष सुन्निन्छ र मानिसको ज्यान पनि जानसक्छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०७९, बिहिबार  २ : ३२ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं । नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय

बागमती । बागमती प्रदेश सरकारले प्रदेश उच्च शिक्षा ऐन, २०७८

लखनउमाथि कोलकोता ९८ रनले विजयी

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत कोलकोता नाइट राइडर्सले

आजको मौसम : बाग्मतीसहित तीनवटा प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । देशका केही भू-भागमा आज वर्षाको सम्भावना छ ।

क्रिकेटर लामिछानेको मुद्दा आज हेर्न नमिल्नेमा, जेठ १ गतेका लागि पेशी तोकियो

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने प्रतिवादी भएको मुद्दामा आगामी जेठ