२७ जेष्ठ २०८३, बुधबार | June 10, 2026

बुटवलका पत्रकार मनोज हितंगाको मोटरसाइकल दुर्घटनामा परी मृत्यु



बुटवल । गएराती बुटवलको नयाँ बसपार्कमा भएको मोटरसाइकल दुर्घटनामा परी रुपन्देहीका पत्रकार मनोज हितंगाको ज्यान गएको छ । बुटवलमा रहेर लामो समय देखी पत्रकारीता गरी रहेका पत्रकार मनोज हितंगाको गएराती करिव सवा ११ बजे मोटरसाइकल दुर्घटनामा परी ज्यान गएको हो ।

पूर्व-पश्चिम राजमार्गको बुटवल मिलनचोकबाट अस्पताललाईन तर्फ गईरहेका लु ८ प ९०६८ नम्बरको मोटरसाइकलमा सवार रहेका ३६ वर्षीय हितंगाको महेन्द्रनगरबाट काकडभित्ता तर्फ जार्दै गरेको सुदूरपश्चिम प्रदेश ०७-०२-००१ नम्बरको बस गएराति करिब सवा ११ बजे बुटवल नयाँ बसपार्क नजिकै एक आपसमा ठक्कर खादा उक्त दुर्घटना भएको थियो ।

दुर्घटनाबाट गम्भिर घाईते हितंगालाई स्थानीय र प्रहरीले उद्धार गरी उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल लगेकोमा उपचारकै क्रममा ज्यान गएको प्रहरीले बताएको छ ।

लामो समयदेखि टेलिभिजन क्यामेरा पर्शनको रुपमा कार्यरत हितंगा पछिल्लो समय एनएनटिभीको लुम्बिनी प्रदेश कार्यालयमा सम्वाददाताको रुपमा कार्यरत थिए । हितंगा प्रेस चौतारी नेपाल रुपन्देहीका सदस्य समेत हुन ।

पाल्पाको तानसेन नगरपालिकाका स्थायी बासिन्दा हितंगा करिव १५ बर्ष देखि बुटवलको बुद्धनगरमा बस्दै आएका थिए । हितंगाका बुवा, श्रीमती २ भाई रहेका छन् ।

प्रकाशित मिति : १४ फाल्गुन २०७९, आइतबार  ८ : १४ बजे

रास्वपाको ‘जान्नेलाई छान्ने’ नारामाथि शंकर पोखरेलको प्रहार

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले गृहमन्त्रीमा सुधन गुरुङको

विश्वकपअघि अमेरिकी भिसा नीति विवादमा, केही विदेशी अधिकारीलाई प्रवेश निषेध

वासिङ्टन । आगामी विश्वकप फुटबल प्रतियोगिताको तयारी भइरहेका बेला संयुक्त

प्रतिनिधिसभाको बैठक सञ्चालनमा ढिलाइ

काठमाडौं । आज बिहान ११ः०० बजेका लागि तय भएको प्रतिनिधिसभाको

नेपाली महिला क्रिकेट टोली एसिया कपमा छनोट हुन असफल

काठमाडौं । एसिसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगिताको क्वाटरफाइनल खेलमा

सगरमाथाको भविष्यप्रति आरोहीको बढ्दो चिन्ता

काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथाको आधार शिविर वरपरको हिउँ