१२ बैशाख २०८३, शनिबार | April 25, 2026

माओवादीले आजदेखि गण्डकी प्रदेशमा ‘जनतासँग पार्टी अभियान’ संचालन गर्दै



पोखरा । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले आजदेखि गण्डकी प्रदेशका सबै जिल्लामा ‘जनतासँग पार्टी अभियान’ सञ्चालन गर्ने भएको छ ।

शहीद सप्ताहको पहिलो दिन पारेर सुरुआत भएको अभियान प्रदेशका सबै जिल्लामा एकसाथ सञ्चालन गर्न लागिएको माओवादी केन्द्र गण्डकीका अध्यक्ष गायत्री गुरुङले बताइन । उनका अनुसार केही दिनअघि बसेको प्रदेशको छैटौँ पूर्ण बैठकले केन्द्रीय योजनाअनुसार प्रदेशमा अभियान चलाउने निर्णय गरेको हो ।

यस क्रममा पार्टीका सबै नेता, कार्यकर्ता दुई महिना जनता, शहीद परिवार, घाइते र बेपत्ता योद्धाका परिवारका बीचमा गएर पार्टी पुनःनिर्माणका बारेमा सुझाव लिनेछन् । अध्यक्ष गुरुङले भनिन, “यो अभियान प्रदेशका १८ प्रतिनिधिसभा र ३६ प्रदेशसभा निर्वाचन केन्द्रित कार्यक्रममा पार्टी केन्द्रीय सदस्य साथ पार्टी प्रदेश पदाधिकारीको प्रत्यक्ष कमाण्डमा एकैपटक सबै प्रदेशसभा निर्वाचन क्षेत्रमा चल्नेछ । मुख्यगरी पार्टीको सबै शक्तिलाई जनतासँग जोड्ने र उनीहरूका सुझाव लिने उद्देश्य अभियानको हो ।”

माओवादीले अभियानका लागि ‘टिप्पणी सुझाव र सङ्गठनका लागि नेता, कार्यकर्ता र जनतासँग भेट गरौँ, विचार र नेतृत्वका आधारमा सङ्गठित तागत निर्माण र समृद्धिमा जोड गरौँ’ भन्ने नारा अघि सारेको छ । दुई महिनाको अभियानमा माओवादीले स्थानीय तह जितेका ठाउँमा पार्टीको चुनावी प्रतिबद्धतासहितको समाजवादको आधार तयार पार्ने योजना लागू गर्न योजनाबद्ध काम गर्ने, विजय हासिल नभएका ठाउँमा जनताका समस्या हल गर्न पालिकाहरूमा पहल गर्ने भएको छ ।

यसैगरी जनयुद्धका पूर्णकालीन र पार्टीका एकता भएपछि सबै पुराना छुटेका कार्यकर्ताहरूसँग र जेल हिरासतमा परेकाहरूको सूची तयार पारी घर–घरमा गएर भेटघाट गर्ने, सुझाव लिने र पार्टीमा पुनःसङ्गठित गर्ने अभियानको योजना रहेको माओवादीले जनाएको छ ।

पालिकाहरूमा उत्पादनका लागि सम्भाव्यता अध्ययन गर्ने र विज्ञहरूसँगसमेत छलफल गरी दुईमहिने अभियान सफल बनाउन प्रदेश पार्टी फिल्डमा लागेको अध्यक्ष गुरुङले बताइन ।

प्रकाशित मिति : १४ फाल्गुन २०७९, आइतबार  ९ : ४८ बजे

वन्यजन्तु पर्यटन प्रवर्द्धन गर्न ‘सफारी मार्ट’

चितवन । नेपाल पर्यटन बोर्डले पहिलो पटक चितवनको मेघौलीमा ‘सफारी

चीन र भारतका राजदूतसँग ऊर्जा सहकार्यबारे छलफल, क्षेत्रीय ऊर्जा चुनौती समाधानमा जोड

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठसँग नेपालका लागि

थापाथलीको सुकुम्बासी बस्ती खाली गरियो

काठमाडौं । काठमाडौंको थापाथलीस्थित सुकुम्बासी बस्ती खाली गरिएको छ ।

सगरमाथा दिवसका अवसरमा कायरोमा नेपाल-इजिप्ट मैत्री दौड

काठमाडौं । सगरमाथा दिवस र अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा कायरोमा

थापाथली सुकुम्बासी बस्ती हटाउन डोजर परिचालन

काठमाडौं । काठमाडौंको थापाथलीस्थित सुकुम्बासी बस्ती हटाउन डोजर प्रयोग सुरु