२३ बैशाख २०८३, बुधबार | May 6, 2026

ओलीले भने, ‘प्रचण्डको बोली एउटा र काम अर्को हुदाँ अस्थिरता बढयाे’



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफनो बचनमा प्रधानमन्त्री पुष्पकमल प्रचण्ड पक्का नरहदाँ राजनीतिक अस्थिरता बढेको बताएका छन ।

राजनीतिक आन्दोलनमा घाइते भएकालाई सम्मान गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले बचन फेर्ने पुरानो बानी नसुध्रिएको पनि आरोप लगाए ।

‘प्रचण्डजी एक थरी बोल्नुहुन्छ, गर्नुहुन्छ बेग्लै। उहाँसँग अस्ति भएको भेटमा मलाई भन्नुभयो– दुई महिना गाह्रो भयो है। नहोस् पनि कसरी उहाँ दाम्लो चुँडाएर जान खोज्ने, मैले रोक्दिन त सक्दिन, कतिञ्जेल रोक्ने ?’ ओलीले प्रचण्डको ब्यावहार प्रति कटाक्ष गर्दै भने ।

माओवादी अध्यक्ष प्रचण्ड धोका दिने मान्छे भनेर आफूले पहिला देखी नै चिनेको बताउँदै ओलीले अहिले पनि प्रचण्डले व्यवहार नसुध्रिएको आरोप लगाए ।

‘तपाईंहरूलाई थाहा छ बिरालो पाल्न किन्नु पर्दैन दूध र भात दियो भने छिमेकीको बिरालो आफ्नै हुन्छ। एउटा कचौरामा दूध भात दिनुहोस् छिमेकीको बिरालो आफैँ आउँछ। प्रचण्डमा यही स्वभाव हावी छ। जता पाइन्छ उहाँ ढल्कि हाल्नुहुन्छ’ ओलीले भने ।

उनका अनुसार १० पुसमा भएको सहमति तोडेर कांग्रेसका उम्मेदवारलाई राष्ट्रपति बनाउन खोजेको बताउँदै ओलीले २५ फागुनसम्म सहमतिमा आउन सक्ने भन्दै प्रतिक्षा गरिरहेको बताए ।

प्रकाशित मिति : १४ फाल्गुन २०७९, आइतबार  ४ : ५६ बजे

भैरहवामा रहेको रोयल कालिङ्गा क्यासिनोमा जुवा खेल्दै गरेका १९ नेपाली पक्राउ

बुटवल । रुपन्देहीको सिद्धार्थनगरस्थित क्यासिनोमा जुवा खेलिरहेको अवस्थामा १९ नेपाली

नाकामा भन्सार कडाइले नेपालतर्फको बजारमा बढ्यो चहलपहल

सुदूरपश्चिम । भारततर्फबाट आयात हुने मालसामानमा सीमा क्षेत्रमा भन्सार कडाइ

निजी क्षेत्रलाई विश्वासमा लिएर लगानीको वातावरण बनाए सरकारको आर्थिक वृद्धिको लक्ष्य सजिलै हासिल हुन्छ : अध्यक्ष ढकाल

काठमाडौं । चन्द्रप्रसाद ढकाल नेपाल उद्योग वाणिज्य महासङ्घको अध्यक्षको तीनवर्षे

अष्ट्रेलियाको विन्डम सिटी र गोदावरी नगरपालिकाबीच ‘मित्रता शहर’ सम्झौता

काठमाडौं । अष्ट्रेलियाको भिक्टोरियास्थित विन्डम सिटी र ललितपुरस्थित गोदावरी नगरपालिकाबीच

अवरुद्ध केही मुख्य राजमार्गमा यातायात सुरु

काठमाडौं । केही दिन यतादेखिको वर्षासँगै आएको बाढी पहिराका कारण