२८ फाल्गुन २०८२, बिहिबार | March 12, 2026

रूपन्देही सुपरलिग : डिभिजन ‘ए’को पहिलो खेलमा जीआर विजयी



भैरहवा । नेपाल टेलिकम रुपन्देही सुपरलिग क्रिकेट प्रक्रियोगितामा डिभिजन ‘ए’को खेल सुरु भएको छ । आइतबार भएको डिभिजन ‘ए’को खेलमा जीआर क्रिकेट क्लब विजयी भएको छ । जीआरले शंकरनगर क्रिकेट क्लबमाथि २ सय २० रनको फराकिलो अन्तरले जित निकालेको हो ।

सिद्धार्थ रंगशालामा टस जितेर ब्याटिङ रोजेको जीआरले निर्धारित ५० ओभरको खेलमा ४९.३ ओभरमा सबै विकेट गुमाउँदै ३ सय ६४ रनको उच्च योगफल बनायो । उसका लागि संदीप सुनार र खड्क बोहराले शतकीय पारी खेले । संदीपले १ सय १६ बनाउँदा खड्कले १ सय ४ जोडे । यस्तै, विशाल भुसालले ६१, पुरन विकले २७, विमल भट्टराईले १६ र अनमोल श्रीसले १० रनको योगदान दिए । बलिङमा शंकरनगरका महेन्द्र सुवेदी क्षेत्री र केशव पौडेलले समान ३-३ तथा पदम ज्ञवाली र युवराज सेनले १-१ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको शंकरनगर ३४.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ४४ रनमै रोकियो । उसलाई सस्तैमा रोक्न बलिङमा जीआरका विनय जिसीले ४, संदीप सुनारले ३, पुरन विकले २ तथा सागर गिरीले १ विकेट लिए । शंकरनगरका प्रवेश सारु मगरले २३, हार्तिक तथाले १९, युवराज सेनले १७ र महेन्द्र सुवेदीले १६ रन बनाए । जीआरका संदीप सुनार म्यान अफ द म्याच भई एक हजार रुपैयाँबाट पुरस्कृत भएको आयोजक संस्था रुपन्देही क्रिकेट संघका उपाध्यक्ष एवं प्रतियोगिता संयोजक धिरज अधिकारीले जानकारी दिए ।

चैत्र ३ गतेसम्म चल्ने प्रतियोगितामा बिजेताले १ लाख रुपैयाँ र ट्रफी तथा उपबिजेताले ५० हजार र ट्रफी प्राप्त गर्नेछन् । प्रतियोगितामा म्यान अफ द सिरिजले १५ हजार रुपैयाँ, बेस्ट ब्याट्सम्यान, बेस्ट बलर र उदयीमान खेलाडीले जनही ५ हजार रुपैयाँ तथा प्रत्येक खेलेको म्यान अफ द म्याचले १ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

प्रकाशित मिति : १४ फाल्गुन २०७९, आइतबार  ४ : ५६ बजे

निर्वाचन आयोगद्वारा धनुषा-१ मा मातृका यादव विजयीभएको औपचारिक घोषणा

धनुषा । निर्वाचन आयोगलले धनुषा-१ मा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार

पश्चिम एसिया तनाब : उद्धार तथा आवश्यक सहायतालगायतका लागि विवरण दर्ताक्रम जारी

काठमाडौं । पश्चिम एसियाको द्वन्द्वपछि परराष्ट्र मन्त्रालयल अन्तर्गतको कन्सुलर सेवा

चितवन कारागारबाट भागेका एक सय कैदीबन्दी अझै फर्किएनन्

चितवन । जिल्ला कारागार कार्यालय चितवनबाट भागेका कैदीबन्दीमध्ये एक सय

मिर्गौला बचाउन बुटवलमा सचेतनामूलक साइकल -याली

लुम्बिनी । विश्व मिर्गौला दिवसका अवसरमा बुटवलमा आज सचेतनामुलक साइकल

शान्तिसैनिकको सुरक्षामा नेपालको जोड

काठमाडौँ । पश्चिम एसियामा जारी तनावप्रति चिन्ता व्यक्त गर्दै सरकारले