६ भदौ २०८३, शनिबार | August 22, 2026

प्रचण्ड नेतृत्वको सरकारका ८ मन्त्रालय खाली



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका मन्त्रीहरुले राजिनामा दिएसँगै पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा आठ मन्त्रालय रिक्त हुन पुगेका छन ।

प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका अनुसार प्रधानमन्त्री प्रचण्डले गृहसहित वन तथा वातावरण, युवा तथा खेलकुद, शिक्षा, विज्ञान तथा प्रविधि र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सम्हालि रहेका छन ।

यसैगरी, ऊर्जा, जलस्रोत तथा सिँचाई, सहरी विकास, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय पनि प्रधानमन्त्रीको जिम्मेवारीमा परेको छ ।  वन तथा वातावरण खेलकुद मन्त्रालय दुई महिना देखी रिक्त हुदैँ आएका थिए भने राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारवाट बाहिरिने निर्णय गरेसँगै यसअघि गृह मन्त्रालय, शिक्षा र श्रम मन्त्रालय पनि रिक्त हुन पुगेको थियो ।

आइतबार राप्रपाका मन्त्रीहरुले राजिनामा दिए पछि उर्जा, जलस्रोत, सहरी बिकास र संसदीय मामिला मन्त्रालय रिक्त हुन पुगेको हो । राप्रपाका मन्त्रीहरुका राजिनामा स्विकृत भएसँगै दुई महिना भित्रमा प्रचण्ड सरकारका ८ मन्त्रालय रिक्त हुन पुगेको छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७९, सोमबार  ७ : ४४ बजे

सुन सफा गर्ने बाहनामा ठगी गर्ने चार जना भारतीय पक्राउ

म्याग्दी । मालिका गाउँपालिका–६ ढाँडखर्कमा सुन सफा गर्ने बाहनामा ठगी

उत्कृष्ट वातावरण पत्रकारिता पुरस्कारलाई निरन्तरता दिँदै महासङ्घ रुपन्देही

बुटवल । नेपाल पत्रकार महासङ्घ रुपन्देहीको समन्वयमा उत्कृष्ट वातावरण पत्रकारिता

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सम्पन्न

काठमाडौँ । कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ

बाँदर धपाउने क्रममा लडेर एक जनाको मृत्यु

गुल्मी । बाँदर धपाउने क्रममा लडेर गुल्मीमा आज एक जना

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

दाङ । दाङमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा प्रवाहको समय परिवर्तन गरिएको