२५ बैशाख २०८१, मंगलबार | May 7, 2024

१८ सय मिटर सडक ५ वर्षमा सम्पन्न नगरेको भन्दै खजुराबासीले बुझाए ज्ञापनपत्र



खजुरा । १८ सय मिटर सडक ५८ महिनामा पनि सम्पन्न नगरि अलपत्र पारिएपछि बाँके खजुरका स्थानीयबासीले सडक डिभिजन कार्यालय नेपालगन्ज पुगेर ज्ञापनपत्र बुझाएका छन् । पटक पटक म्याद थप्दै जाने तर सडकको काम नगर्ने ठेकेदार कम्पनीमाथि कारवाहीको माग गर्दै स्थानीयले डिभिजन कार्यालयमा ज्ञापनपत्र बुझाएका हुन् ।

२०७४ चैत्रमा सम्झौता भएको सो सडकको बर्दियाको गुलरियामा २२ सय मिटर र बाँकेको खजुरामा १८ सय मिटर फोर लेन सडक २०७७ चैत्र मसान्त सम्म सम्पन्न गर्नु पर्ने थियो । ३ पटक बिभिन्न बहाना बनाएर म्याद थप गरिसकेको ठेकेदार कम्पनी गजुरमुखी निर्माण कम्पनीको २०७७ चैत्र महिनामा थपिएको म्याद सकिए पनि सडकको काम अलपत्र अवस्थामा रहेको छ ।

खजुरा बजार खण्डको १८ सय मिटर सडक बनाउँदा बनाउँदै अलपत्र पारेपछि सडक किनारका व्यवसायीहरु धुलोबाट आक्रान्त बनेका छन् । संघीय सरकारको बजेटबाट बन्दै गरेको बाँकेको खजुराको फोर लेन सडक ठेकेदार कम्पनीले समयमा सम्पन्न नगरेका कारण सो सडकमा यात्रा गर्ने यात्रीहरुको यात्रा समेत जोखिमपूर्ण बनेको छ ।

सडकका कारण आक्रान्त बनेका खजुराबासीले आज खजुरा क्षेत्र संरक्षण समितिको अगुवाईमा सडक डिभिजन कार्यालय पुगेर ज्ञापन पत्र बुझाएका हुन् । उनीहरुले कार्यालयका निमित्त प्रमुख जनकबहादुर धामीलाई ज्ञापनपत्र बुझाएका थिए । स्थानीबासीले बुझाएको ज्ञापनपत्रमा धुलाम्य सडकका कारण बालबालिकाको स्वास्थ्यमा गम्भीर असर परेको, खजुराको ब्यापार आधा घटेको, सडकबाट उछित्तिएको ढुँगाले पसलहरुमा क्षति पुगेको जस्तो समस्या उल्लेख छन् ।

क्षेत्र संरक्षण समितिका अध्यक्ष प्रेम बुढाथोकीले निमित्त कार्यालय प्रमुख धामीलाई ज्ञापनपत्र बुझाएका थिए ।

सडक बनाउने ठेकेदारले जतिसुकै लापरवाही गरेपनि सडक विभागबाट म्याद थप गरिदिने कार्यले दण्डहिनता बढेको ज्ञापनपत्र बुझाएपछि संरक्षण समितिका अध्यक्ष बुढाथोकीले बताए । उनले फेरिपनि सडक बनाउन ढिलाई गरिए सशिक्त आन्दोलन गरिने पनि चेतावनी दिए ।

प्रकाशित मिति : १५ फाल्गुन २०७९, सोमबार  १० : ११ बजे

राई नेतृत्वको जसपाले प्रचण्ड सरकारलाई समर्थन जारी राख्ने

काठमाडौं । जसपा नेपालबाट फुटेर अशोक राईको नेतृत्वमा बनेको नयाँ

जिल्ला प्रशासन कार्यालय जाजरकोटको सेवा अब प्रिफ्याब भवनबाट

जाजरकोट । टेन्टबाट सेवा दिदै आएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले

उपेन्द्र यादवले भेटे प्रधानमन्त्री प्रचण्डलाई

काठमाडौं । उपप्रधानमन्त्री एवं स्वास्थ्य मन्त्रीसमेत रहेका जनता समाजवादी पार्टी

रास्वपाको बैठकमा बजेट अधिवेशनबारे छलफल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक सुरु

एकीकृत समाजवादीको स्थायी समिति बैठक शनिबार

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को स्थायी समिति बैठक