४ आश्विन २०८३, आइतबार | September 20, 2026

१८ सय मिटर सडक ५ वर्षमा सम्पन्न नगरेको भन्दै खजुराबासीले बुझाए ज्ञापनपत्र



खजुरा । १८ सय मिटर सडक ५८ महिनामा पनि सम्पन्न नगरि अलपत्र पारिएपछि बाँके खजुरका स्थानीयबासीले सडक डिभिजन कार्यालय नेपालगन्ज पुगेर ज्ञापनपत्र बुझाएका छन् । पटक पटक म्याद थप्दै जाने तर सडकको काम नगर्ने ठेकेदार कम्पनीमाथि कारवाहीको माग गर्दै स्थानीयले डिभिजन कार्यालयमा ज्ञापनपत्र बुझाएका हुन् ।

२०७४ चैत्रमा सम्झौता भएको सो सडकको बर्दियाको गुलरियामा २२ सय मिटर र बाँकेको खजुरामा १८ सय मिटर फोर लेन सडक २०७७ चैत्र मसान्त सम्म सम्पन्न गर्नु पर्ने थियो । ३ पटक बिभिन्न बहाना बनाएर म्याद थप गरिसकेको ठेकेदार कम्पनी गजुरमुखी निर्माण कम्पनीको २०७७ चैत्र महिनामा थपिएको म्याद सकिए पनि सडकको काम अलपत्र अवस्थामा रहेको छ ।

खजुरा बजार खण्डको १८ सय मिटर सडक बनाउँदा बनाउँदै अलपत्र पारेपछि सडक किनारका व्यवसायीहरु धुलोबाट आक्रान्त बनेका छन् । संघीय सरकारको बजेटबाट बन्दै गरेको बाँकेको खजुराको फोर लेन सडक ठेकेदार कम्पनीले समयमा सम्पन्न नगरेका कारण सो सडकमा यात्रा गर्ने यात्रीहरुको यात्रा समेत जोखिमपूर्ण बनेको छ ।

सडकका कारण आक्रान्त बनेका खजुराबासीले आज खजुरा क्षेत्र संरक्षण समितिको अगुवाईमा सडक डिभिजन कार्यालय पुगेर ज्ञापन पत्र बुझाएका हुन् । उनीहरुले कार्यालयका निमित्त प्रमुख जनकबहादुर धामीलाई ज्ञापनपत्र बुझाएका थिए । स्थानीबासीले बुझाएको ज्ञापनपत्रमा धुलाम्य सडकका कारण बालबालिकाको स्वास्थ्यमा गम्भीर असर परेको, खजुराको ब्यापार आधा घटेको, सडकबाट उछित्तिएको ढुँगाले पसलहरुमा क्षति पुगेको जस्तो समस्या उल्लेख छन् ।

क्षेत्र संरक्षण समितिका अध्यक्ष प्रेम बुढाथोकीले निमित्त कार्यालय प्रमुख धामीलाई ज्ञापनपत्र बुझाएका थिए ।

सडक बनाउने ठेकेदारले जतिसुकै लापरवाही गरेपनि सडक विभागबाट म्याद थप गरिदिने कार्यले दण्डहिनता बढेको ज्ञापनपत्र बुझाएपछि संरक्षण समितिका अध्यक्ष बुढाथोकीले बताए । उनले फेरिपनि सडक बनाउन ढिलाई गरिए सशिक्त आन्दोलन गरिने पनि चेतावनी दिए ।

प्रकाशित मिति : १५ फाल्गुन २०७९, सोमबार  १० : ११ बजे

एन्फाका कोषाध्यक्ष र लेखाप्रमुख पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले खेलमा मिलेमतो, अनियमितता र ठगी गरेको

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली संयुक्त राष्ट्रसङ्घ

नेपाली कांग्रेसको ७३ जिल्लामा वडा अधिवेशन सम्पन्न, बाँकी भोली हुने

काठमाडौं ।  नेपाली कांग्रेसको १५ औँ केन्द्रीय महाधिवेशनअन्तर्गत दोस्रो दिन

राष्ट्रसङ्घको महासभामा भोटेकोशी विपद्बारे सम्बोधनको तयारी गर्न रास्वपाको निर्देशन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संयुक्त राष्ट्रसङ्घको महासभामा भोटेकोशी

जलवायु न्याय खोज्दै मनास्लु आधार शिविरमा बसेका युवाको अनशन स्थगित

गोरखा । मनास्लु आधारशिविरमा युवाहरुले तीन दिनदेखि गरेको आमरण अनशन