६ भदौ २०८३, शनिबार | August 22, 2026

आरजु राणाको दाबी: नेपाली सेना र जर्नेलहरुको डेटा टर्कीमा देखियाे



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पत्नि तथा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणाले नेपाली सेनाको डिजिटल अभिलेखमा निकै कमजोरी फेला परेकी  जनाएकी छिन ।

मंगलबार ललितपुरमा नेपाल विद्यार्थी संघद्वारा आयोजित अल नेपाल ह्याकाथन कार्यक्रमलाई सम्बोधन गर्दै पुर्व प्रधानमन्त्री देउवाको पत्नि राणाले नेपाली सेना र बहालवाला जर्नेलहरुको ब्यक्तिगत डाटासमेत टर्कीमा देखा परेको जनाएकी हुन ।

‘मलाई त अचम्म लाग्यो, विश्वास नै गरेकी थिइन तर हाम्रो आर्मीको सबै डेटा टर्कीमा देखाइदियो, जर्साबहरूको सबै इमेलहरु पनि टर्कीमा देखियो, जर्नेल साहेबहरुको पर्सनल इमेल पनि त्यहाँ देखिएको थियो,’ उनले दावी गर्दै भनिन, ‘भोलि हाम्रो सुरक्षासम्बन्धी गोप्य राख्नु पर्ने कुनै पनि इमेल अर्को देशबाट सहजै हेर्न सकिदो रहेछ, त्यसैले हामीले साइबर सेक्युरेटीलाई पनि कसरी मजबुत बनाउने भन्नेमा तत्कालै गम्भिर हुन जारी छ ।’

उनका अनुसार सरकारको बेभसाइट पनि भर्खरै हयाक भएको जनाउँदै केन्द्रिय सदस्य राणाले  साइबर सुरक्षाका लागि सरकारले गम्भिर भएर लाग्नु पर्नेमा जोड गरेकी छिन् ।

नेपाली सेनाको डाटामा टर्कीमा उपलब्ध हुनु गम्भिर रहेको उल्लेख गर्दै तत्कालै त्यसको समाधान गर्नु पर्ने उनको भनाई छ । सरकारले यसवारेमा गम्भिर लिएन भने सरकारी गोप्य सुचनाहरु अन्य देशका नागरिकले सहजै प्राप्त गरिरहने खतरातर्फ सर्तक रहन उनले पनि जोड गरिन ।

प्रकाशित मिति : १६ फाल्गुन २०७९, मंगलबार  ३ : १६ बजे

पहिरोले बेनी–जोमसोम र चामे–बेँसीसहर सडक अवरुद्ध

काठमाडौँ । पहिरो खसेपछि म्याग्दीको बेनी–जोमसोम र मनाङको चामे–बेँसीसहर सडक

जनकपुरमा गुठीको अतिक्रमित जग्गा खाली गराउन डोजर चल्यो

जनकपुरधाम । जनकपुरधामका गुठीको अतिक्रमित जग्गा खाली गराउने अभियान सुरु

नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचन : सुरुभयो मतदान

नेपालगन्ज । बाकेका उद्यागी व्यवसायीहरुको छाता संगठन नेपालगन्ज उद्योय वाणिज्य

कसले थाम्ने नेपालगन्ज उद्योग वाणिज्य संघको विरासत !

नेपालगन्ज । सीमित अगुवा व्यापारीको बैठकीबाट सुरु भएको नेपालगन्ज उद्योग

अनुदानको मल वीरगञ्ज पठाएको आरोपमा तीन जना पक्राउ

बागलुङ । किसानका लागि अनुदानमा उपलब्ध गराइएको युरिया बागलुङबाट वीरगञ्ज