सुर्खेत । सल्यानमा सालनाल सहितको नवजात शिशु मृत फेला परेको छ । जिल्लाको कालीमाटी गाउँपालिका-४ डोढेरामा नवजात शिशु मृत फेला परेका हुन् ।
मंगलबार साँझ शारदा नदी किनारमा सालनालसहितको शिशु तैरिरहेको स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
शवलाई पोष्टमार्टमका लागि सल्यान जिल्ला अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिए । घटनाको थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।



















प्रतिक्रिया