५ चैत्र २०८२, बिहिबार | March 19, 2026

एमालेमाथि देशी विदेशी शक्ति चौतर्फी घेराबन्दीमा छन् : एमाले नेता भट्टराई



बुटवल । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा विदेश विभाग प्रमुख राजन भट्टराईले एमालेमाथि चारैतर्फबाट घेराबन्दी भएको बताएका छन् ।

देशी-विदेशी शक्तिहरु मिलेर पार्टीलाई घेराबन्दीमा पारेपनि सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनले नै एमालेलाई परास्त पार्न सकिँदैन भन्ने कुरा स्पष्ट पारेको दाबी गरे ।

नेकपा एमाले नेताका कारण नभई जनता र कार्यकर्ताहरुको योगदानले निर्माण भएको दाबी गर्दै उनले विपक्षीहरुले जतिसुकै कमजोर बनाउन खोजेपनि थप सशक्त भएर जनतामा जाने उल्लेख गरे ।

एमालेले सुरु गरेको मिसन ग्रासरुट अभियान अन्तरगत बुधबार बुटवलमा आयोजित कार्यक्रममा बोल्दै उनले राष्ट्रिय हितका लागि एमाले जस्तोसुकै परिस्थितीको सामना गर्न तयार रहेको बताए । जनजीविकाका मुद्दाहरुलाई उठाउने र राष्ट्रिय स्वाधिनका लागि जस्तोसुकै घेराबन्दी भएपनि एमाले प्रतिवाद गर्न तयार रहेको उनले बताए ।

मिसन ग्रासरुटको माध्यमबाट आगामी निर्वाचनमा पार्टीलाई पहिलो बनाउनेगरी अभियानमा लाग्न आग्रह गर्दै भट्टराईले जनसंगठनहरुलाई समेत थप चुस्त दुरुस्त बनाउन आवश्यक रहेको औल्याए । गत निर्वाचनको मत परिणाम लगायतका विषयलाई गम्भीर रुपमा समीक्षा गर्दै आवश्यक कुराहरुलाई सुधार गरेर अघि बढ्नुपर्ने उनले बताए ।

कार्यक्रममा बोल्दै एमाले पोलिट व्युरो सदस्य बैजनाथ चौधरीले एमालेलाई सिध्याउन लाग्ने शक्तिहरुका बीच आगामी निर्वाचनमा झन ठूलो र पहिलो दल बन्ने गरी लाग्न नेता कार्यकर्ताहरुलाई निर्देशन गरे । विगतका कमीकमजोरीहरुलाई सुधार गर्दै टोल, वडा तथा नगरहुँदै माथिल्लो तहसम्म पार्टी सुद्धिकरणको अवाश्यकता औल्याए ।

एमालेमाथि चौतर्फी घेराबन्दी भैरहेको समयमा कार्यकर्ताहरु थप सशक्त भएर संगठन विस्तारमा लाग्न उनले आग्रह गरे । यसैगरी एमाले रुपन्देही जिल्ला अध्या तेजेन्द्र केसीले एमाले निकट जन संगठनहरुलाई समेत थप व्यवस्थित र संगठित गर्न आवश्यक रहेको बताए । एमाले बुटवल नगरकमिटीका अध्यक्ष किसन ज्ञवालीको अध्यक्षता तथा सचिव मेघराज भट्टराईको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति : १७ फाल्गुन २०७९, बुधबार  ५ : ०० बजे

‘लालीबजार’ मा फरक भूमिकामा छु : अभिनेत्री खड्का

काठमाडौं । अभिनेत्री स्वस्तिमा खड्काले सामाजिक विषयवस्तुमा आधारित रहेर तयार

समानुपातिक सांसदलाई आज प्रमाणपत्र प्रदान गरिंदै

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ निर्वाचित ११० सांसदलाई आज

पौवादुङमा हावाहुरी पीडितलाई प्रतिपरिवार रु २० हजार राहत उपलब्ध गराइने

भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकाले हावाहुरीका कारण क्षति बेहोरेका परिवारलाई

बाख्रापालनमा निर्भर धारापानीका बासिन्दा

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-८, चुरे फेदीस्थित धारापानी बस्तीका अधिकांश

म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण

म्याग्दी । रघुगङ्गा गाउँपालिका-६ रायखोर र कोटगाउँमा बास्केटबल ‘कोर्ट’ निर्माण