६ भदौ २०८३, शनिबार | August 22, 2026

गरिबलाई मारेर लघुवित्त मोटाउन थालेकाे भन्दै ऋणीहरू आन्दोलनमा



काठमाडौं । बारामा लघुवित्त संस्थाबाट पिडित भएकाहरुले लघुवित्त संस्थाको ज्यादती बिरुद्ध संगठित हुन थालेका छन् । लघुवित्तको चर्को व्याजका कारण घरबार नै बिग्रन थालेपछि बाराका बिभिन्न स्थानका पिडितहरु लघुवित्त संस्थाको बिरुद्धमा नाराबाजी समेत गर्न थालेका हुन ।

बारामा एकै व्यतिलाई समुह बनाएर १५ वटासम्म लघुवित्तले लगानी गरेका कारण पैसा तिर्न नसकेपछि घर मै आएर धाकधम्की दिन थालेपछि पिडितहरु संगठित बाध्य भएर लघुवित्त संस्था खारेज गर ऋणाी मार्ने काम बन्द गरजस्ता नारा लगाएर बिरुद्ध प्रदर्शनमा जम्मा हुन थालेका छन् ।

जीतपुरसिमरा उपमहानगरपालिका वडा न २ सिमराकी कमला पौडेलले अहिलेसम्म ९ वटा लघुवित्त संस्थाबाट ऋण लिएकी छिन । उनले आफुले १ लाखको ऋण लिदा लघुवित्त संस्थाले ५ लाख म्मको ऋण भएको र ब्याजसहित ५ लाखसम्म ऋण लिने गरेको बताएकी छिन । आफुले पटक पटक किस्ता तिरे पनि सवा रकम कहिले पनि नघट्ने गरेको उनि बताउँछिन   ।

समूह र बचत अनुसार लघुवित्तले १ देखि ५ लाखसम्म ऋण दिने गर्छ । १ लाख ऋणमा बीमा, आपतकालीन र सेवा शुल्क गरेर १० हजार काट्छन् । ऋणीको रकम हातमा ९० हजार पुग्छ । अर्का लघुवित्तबाट पिडित बनेकी जीतपुरका राम कोशिला देवीले रुदै भनिन, ‘मेरो छोराले जति कमाएर लिएको ऋण तिरे पनि बैंकले आएर घरमा रहेको गाडी लिएर गएपछि आफ्नो दैनिकी गुजारा गर्ने पनि समस्या भएको र आफ्नो छोरा डरले सधै राति मात्रै घर आउने गरेको दुखेसो पोखिन ।

बारामा लघुवित्तबाट लिएको ऋणको साँवा र ब्याज तिर्न नसकेर घर छाडेर भाग्नेको संख्या हजारौं रहेको रहेको छ । लघुवित्त र सहकारीको ऋण मिटर ब्याज भन्दा कम छैन । बैंकले कम ब्याजदरमा ऋण लगानी गरे पनि त्यसमा सर्वसाधारणको पहुँच छैन । प्रक्रिया नै झन्झटिलो छ । वैदेशिक रोजगारीको लहरले अधिकांश पुरुष विदेशिएका छन् । जीतपुर सिमरा उपमहानगरपालिकाको माना बिश्वकर्मा यतीबेला आधा दर्जन लघुवित्तको पासोमा परेकी छिन् ।

एक बर्ष पहिला लिएको ऋण तिर्न नसकेपछि अहिले उनले दिनकै लघुवित्तका कर्मचारीको गाली सुन्नु परेको छ । आफ्नो नाममा एक धुरसमेत जमिन नभएका मना बिश्वकर्मा ऐलानी जग्गामा साना घर बनाएर बसेका छन् । उनि काम पाएको बेला कहिले लेबरमा काम गर्छिन भने कहिले दाउरा बेच्न सदरमुकाम कलैया र नयाँ बस्ति जाने गर्छिन । लघुवित्तबाट कर्मचारी घरमा आउदा जसरी भए पनि पैसा तिर्न मानशिक तनाव दिने गरेको समेत उनले बताएकी छिन ।

पैसाको अभावमा पिल्सिएका गरिब नागरिकसँग ऋणबारे सचेतना छैन । राज्य र वित्तीय निकायहरू यस्ता सचेतना अभियान चलाउन चुकिरहेका छन् । अनुत्पादनशील क्षेत्रमा ऋणको दुरुपयोग भइरहेको छ । अत्यावश्यक अवस्थामा मानिसले पाएको ऋण लिन्छन् तर उनीहरूसँग फिर्ता गर्ने उपाय र तरिका थाहा नहुँदा समस्यामा पर्ने गरेको लघुवित्त संस्था ज्यादती बिरुद्ध संघर्ष कमिटिको संयोजक कमलेश साह बताउँछन ।

छिटो-छिटो ब्याज समेत सावाँमा जोडिंदै गएपछि आफ्नो ऋण कति पुग्यो ऋणीलाई थाहा हुन छाड्छ । ‘ब्याज पनि सावाँमा जोड्यो भन्छन ‘ऋण कति पुग्यो भन्ने बारे ऋणीहरुलाई थाहा नै हुदैँन ।

प्रकाशित मिति : १९ फाल्गुन २०७९, शुक्रबार  ७ : ४९ बजे

गरिमा प्रकरणमा दोषीलाई उम्कन नदिने गृहमन्त्रीको प्रतिबद्धता, प्रहरीमाथि पनि छानबिन

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले जघन्य अपराध रोक्न बलियो कानुनी

बागमती प्रदेशलाई पर्यटकको हब बनाउने योजना छ : मुख्यमन्त्री थापा

भक्तपुर । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले प्रदेशलाई धार्मिक पर्यटकीय

काठमाडौंमा रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय सदस्यका लागि आयोजना

चार महिनामा विपद्का पाँच हजारभन्दा बढी घटना, २५० जनाको मृत्यु

काठमाडौं । बितेका चार महिनामा देशका विभिन्न भागमा पाँच हजारभन्दा

पहिरोले बेनी–जोमसोम र चामे–बेँसीसहर सडक अवरुद्ध

काठमाडौँ । पहिरो खसेपछि म्याग्दीको बेनी–जोमसोम र मनाङको चामे–बेँसीसहर सडक