६ भदौ २०८३, शनिबार | August 22, 2026

मेची सामुदायिक होमस्टेमा स्वदेशीसँगै विदेशी पाहुना



झापा । मेचीनगर नगरपालिका-४ का महिलाहरू घरबास ९होमस्टे०मा दैनिक पाहुना आउन थालेपछि दङ्ग छन् । आठ महिनाअघि १४ घरका महिला मिलेर सुरु गरेको मेची सामुदायिक होमस्टेमा स्वदेशीसँगै विदेशी पाहुनासमेत आउन थालेपछि उनीहरू दङ्ग परेका हुन् ।

“सुरुमा चल्छ कि चल्दैन भन्ने पिर थियो”, होमस्टे सञ्चालक समितिका सचिव पवित्रा श्रेष्ठले भने, “अहिले त काठमाडौं, बर्दियादेखि भारतका विभिन्न स्थानबाट पाहुना आउनुहुन्छ ।” उनले पूर्वी नाका हुँदै भारतलगायत तेस्रो मुलुक घुम्न जाने र आउने पर्यटक काँकडभिट्टाका सुविधासम्पन्न होटल छाडेर पनि गाउँमै खोलिएको होमस्टेमा आउने गरेको बताए ।

सचिव श्रेष्ठले होमस्टेमा आउने अतिथिको रुचिअनुसारका खाना खुवाउने गरेको बताए। खानाको परिकारमा गुन्द्रुकको अचार, आफैँले उत्पादन गरेको तरकारी र स्थानीय कुखुराको मासु अतिथिलाई खुवाउँदै आएको उनको भनाइ छ ।

त्यहाँ एक रात बास बसेको, खाना र खाजासहित रु एक हजार शुल्क लिने गरिन्छ । “महँगो लिदैनौँ पाहुनालाई”, उनले भने, “अलि राम्रो होटलमा एक छाक खाने पैसाले यहाँ एक दिनलाई पुग्छ”, उनले अतिथि सत्कारसँगै आम्दानी हुन थालेपछि महिलाहरूको आत्मविश्वास बढेको बताए ।

प्रत्येक घरका एक-एक कोठा अतिथिका लागि छुट्याइएको छ । घरको एक कोठामात्र छुट्याए पनि धेरै पाहुना एकैपटक आउँदा भने चारदेखि पाँच जनासम्मको व्यवस्था एउटै घरमा हुन्छ ।

वडा नं ४ का अध्यक्ष अर्जुन कार्कीले स्थानीय महिलालाई स्वरोजगार बनाउने र आफ्ना वडामा आउने पाहुनालाई सत्कार सम्मानसहित स्थानीय उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले होमस्टे सञ्चालनमा प्रोत्साहन गरेको बताए ।

“यहाँ वर्षौँदेखि मानव–हात्तीको द्वन्द्व छ । यही विषयमा शोधपत्र लेख्नेदेखि अनुसन्धान गर्नेसम्म आउँदा व्यवस्थित बस्ने स्थानको अभाव थियो”, उनले भने, “होमस्टे भएपछि सजिलो भएको छ ।” उनले होमस्टेलाई अझ व्यवस्थित बनाउन वडाबाटै तालिमको व्यवस्था गर्न लागिएको बताए ।

महिलाले होमस्टेसँगै सात कठ्ठा जमिन लिजमा लिएर मौसमअनुसारका कृषिजन्य उत्पादन गर्ने गरेको होमस्टेका सचिव श्रेष्ठले बताए । उनले यतिबेला सो जमिनमा आलुको सामूहिक खेती गरिएको जानकारी दिए ।

प्रकाशित मिति : २० फाल्गुन २०७९, शनिबार  ७ : २७ बजे

गरिमा प्रकरणमा दोषीलाई उम्कन नदिने गृहमन्त्रीको प्रतिबद्धता, प्रहरीमाथि पनि छानबिन

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले जघन्य अपराध रोक्न बलियो कानुनी

बागमती प्रदेशलाई पर्यटकको हब बनाउने योजना छ : मुख्यमन्त्री थापा

भक्तपुर । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले प्रदेशलाई धार्मिक पर्यटकीय

काठमाडौंमा रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय सदस्यका लागि आयोजना

चार महिनामा विपद्का पाँच हजारभन्दा बढी घटना, २५० जनाको मृत्यु

काठमाडौं । बितेका चार महिनामा देशका विभिन्न भागमा पाँच हजारभन्दा

पहिरोले बेनी–जोमसोम र चामे–बेँसीसहर सडक अवरुद्ध

काठमाडौँ । पहिरो खसेपछि म्याग्दीको बेनी–जोमसोम र मनाङको चामे–बेँसीसहर सडक