१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

लायन्स क्लब अफ बुटवल स्मार्ट सिटीले बुटवलमा छक्का पञ्जा-४ को च्यारेटी



बुटवल । लायन्स क्लब अफ बुटवल स्मार्ट सिटीले बुटवलमा छक्का पञ्जा ४ को च्यारेटी शो गरेको छ । सामाजिक कार्य गर्ने उद्देश्यले शनिबार विहान ८ बजे बुटवलको सिटी सेन्टरमा रहेको आईएनआई सिनेमामा च्यारेटी शो आयोजना गरेको हो ।

च्यारेटी शोमा १ सय ६३ जनाले चलचित्र हेरेका थिए । चलचित्र हेरेका सवैले छक्का पञ्जा ४ फिल्म उत्कृष्ट बनेको प्रतिक्रिया दिएका थिएका थिए ।

फिल्म हेरेर फर्किएका अधिकांश दर्शकले यसको कथावस्तु, प्रस्तुति, कलाकारको अभिनयलाई उत्कृष्ट भनेका छन् । दर्शकको वर्ड अफ माउथका कारण पनि फिल्मले आगामी दिनमा उच्च कमाई गर्ने छनक दिएको छ । चलचित्र पत्रकार संघ रुपन्देहीका कोषाध्यक्ष राजिव भुसालको संयोजनमा भएको च्यारेटी शो भएको थियो ।

च्यारेटी शो बाट बचत भएको रकमलाई अनाथ असाहयलाई सहयोग गर्ने लायन्स क्लव अफ बुटवल स्मार्ट सिटीका अध्यक्ष जीतु रानाले बताए ।

हेमराज विसीले निर्देशन गरेको फिल्ममा दीपक, दीपा, केदार, निर्मल, बुद्धि, राजसँगै सुश्मा निरौला, वेदना राईलगायत कलाकारको अभिनय छ । फिल्मको कथा दीपकराज गिरीले तयार पारेका हुन् ।

नरेन्द्र मैनालीले छायांकन गरेको फिल्मलाई निमेष श्रेष्ठले सम्पादन गरेका हुन् । आमा सरस्वती मुभिज र आइएमीको प्रस्तुति रहेको फिल्म गत शुक्रबार देखि प्रर्दशनमा आएको हो ।

फिल्मले नेपाली फिल्म क्षेत्रमा फेरि एकपटक चहलपहल ल्याइदिएको छ । यो साता केही सार्वजनिक बिदा समेत परेकाले फिल्मलाई फाइदा हुने पक्का छ ।

प्रकाशित मिति : २० फाल्गुन २०७९, शनिबार  १ : ३६ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा