१७ माघ २०८२, शनिबार | January 31, 2026

कर्नाटकमा भाजपा नेताको घरमा छापा हान्दा ९ करोड भारु बरामद



कर्नाटक । कर्नाटकमा भारतीय जनता पार्टी (भाजपा)का एक नेताको घरमा अबैध रूपमा लुकाइराखिएको करोडौं रुपैया फेला परेको छ । सो घटनालाई लिएर कर्नाटकमा काग्रेस आइका कार्यकर्ताले चर्को प्रदर्शन गरेका छन ।

भारतीय सञ्चार माध्यमका अनुसार कर्नाटकका भाजपाका विधायक मदाल विरुपकक्षप्पाको घरवाट हालसम्म ९ करोड भारु अर्थात १६ करोड बराबर भन्दा बढी रकम फेला परे पछि कांग्रेस आइका कार्यकर्ताले उनलाई कारबाहीको माग गर्दै प्रदर्शन गरेका हुन ।

सो रकम फेला परे पछि विधायक विरुपाक्षप्पाले सो क्षेत्रका प्रख्यात साबुन बनाउने सरकारी कम्पनी कर्नाटक सोप्स एण्ड डिटर्जेन्ट लिमिटेडको अध्यक्ष पदबाट राजीनामा दिएका छन् भने उनको खिलापमा कारबाही अगाडी बढाइएको छ ।

विरुपकक्षप्पाको कार्यालय र घरमा बिहीबार देखी सुरु भएको छापा शुक्रवार अबेरसम्म चलेको थियो ।  कर्नाटक विधानसभा चुनावको दुई महिना अघि भ्रष्टाचारको मुद्दामा उनको घरमा छापा मारिए पछि भाजपालाई भने अप्ठयारो पर्ने देखिएको छ ।

लोकायुक्त प्रहरी एक अधिकारले भने, ‘अध्यक्ष र उनका छोरा प्रशान्तको घरबाट ६ करोड १० लाख भारु बरामद भएको छ भने प्रशान्तको निजी कार्यालयबाट मात्रै १ करोड ६२ लाख रुपैयाँ प्राप्त भएको छ, अझै रकम रहेको आशंकामा हामीले खोजबिन गरिरहेका छौं  । सो घटनामा प्रशान्त, उनका लेखापाल र अन्य तीन जनासहित पाँच जनालाई पक्राउ गरिएको छ ।

लोकायुक्त प्रहरीलाई गोप्य सूचना र औपचारिक उजुरी समेत दर्ता भएपछि यो छापा मारिएको हो । छोरा प्रशान्तले ४० लाख भारु घुस लिएको उजुरी परे पछि भन्दै छापा मार्दा ९ करोड बराबर नगद फेला परेको प्रहरीको भनाई छ।

प्रशान्त आफै सरकारी जागिर गर्छन् । उनी बैंगलोर पानी आपूर्ति र ढल निकास बोर्डमा मुख्य लेखापाल हुन्। यसअघि उनी भ्रष्टाचार विरोधी ब्यूरोमा आर्थिक सल्लाहकार थिए । यो ब्यूरो गत वर्ष विघटन गरी लोकायुक्त बनेको थियो ।

बिद्यायक  विरुपाक्षप्पाले आफनो पदवाट राजिनामा दिनु पर्ने तथा उनलाई पक्राउ गरी कारबाही गर्नुपर्ने भन्दै कांग्रेस आईका कार्यकर्ताले प्रदर्शन गरेका हुन ।

प्रकाशित मिति : २० फाल्गुन २०७९, शनिबार  २ : ५२ बजे

बुटवलका व्यवसायीबाट नेपाल प्रहरीलाई पुस्तक तथा खेलकुद सामाग्रि प्रदान

बुटवल । बुटवल उद्योग वाणिज्य संघको वस्तुगत संगठन रुपन्देही पुस्तक

पत्रकार पिटरलाई इच्छुक पत्रकारिता पुरस्कार

नेपालगन्ज । वरिष्ठ पत्रकार एवं साहित्यकार नरेन्द्रजङ्ग पिटरलाई यस वर्षको

चुनावी सुरक्षा र निष्पक्षता सुनिश्चित गर्न अध्यक्ष ओलीको माग

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

चौथो न्यू होराइजन कप अन्तर मावि छात्र भलिबल प्रतियोगिताको उपाधि आयोजकलाई

बुटवल । बुटवलमा सम्पन्न चौथो न्यू होराइजन कप अन्तर माध्यमिक

गैँडाको आक्रमणबाट एक जनाको मृत्यु

चितवन । गैँडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।