४ बैशाख २०८३, शुक्रबार | April 17, 2026

रुपन्देहीमा अनुमति बिना रङ लगाइदिए ठाँउका ठाँउ कारवाही

होलीलाई मर्यादित बनाउन १२ सय प्रहरी परिचालन



बुटवल । रुपन्देही जिल्लामा होलीको बहानमा उच्छृंखल गतिविधि गरे प्रहरीले ठाँउका ठाँउ कारवाही गर्ने भएको छ । होली पर्वलाई मर्यादित र ब्यवस्थित बनाउनमात्र जिल्ला प्रहरी कार्यालयले १२ सय बढी प्रहरी परिचालन गरेको जनाएको छ ।

पूर्व अनुमतिबिना सभा, कन्सर्ट तथा सडक अवरुद्ध हुने गरि कार्यक्रम नगर्न प्रहरीले आग्रह समेत गरेको छ । भिडभाड गर्ने, जवरजस्ती रंग तथा पानीका लोला हान्ने, गहना लुट्ने जस्ता उच्छृंखल गतिविधि हुन सक्ने घटनालाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरिक्षक भरत बहादुर वि.कले जानकारी दिए ।

मोटरसाइकलमा २ जनाभन्दा बढी सवार हुने, तिव्र गतिमा सवारी चलाउने, मदिरा सेवन गरि होहल्ला गर्ने, अनुमति बेगर जबर्जस्ती रङरलोला प्रहार गर्ने जस्ता गतिविधि रोक्न सादा सहित १२ सय प्रहरी परिचालन गरिने प्रहरी उपरीक्षक बि.कले बताए ।

बिकका अनुसार प्रहरी युनिटका मोवाइलहरु चलायमान बनाइने छ भने आवश्यक्ताअनुसार चेकप्वाइन्टहरु थप्दै जाने, छड्के चेकिङलाई बढाउने साथै सादा पोशाकका प्रहरीबाट होलीको गतिबिधिको सूचना संकलन गर्ने तयारी प्रहरीले गरेको छ ।

जिल्लाका कुनैपनि स्थानमा घटना भए सूचना पाएको १० मिनेटमा घटनास्थल पुग्ने गरि व्यवस्था गरिएको एसपी बिकले जानकारी दिए । कानुन विपरित उच्छृंखल गतिविधि गर्नेहरुलाई कारवाहीको दायरामा ल्याउन कुनै कसर बाँकी नराखिने पनि उनले बताए ।

उनले कहीँकतै अमानविय गतिविधि भएमा १ सय नम्बरमा सम्पर्क गरी प्रहरीलाई सुचना दिन नागरिकहरुलाई आग्रह गरे ।

प्रकाशित मिति : २१ फाल्गुन २०७९, आइतबार  १ : ०७ बजे

मातातीर्थमा मातृभक्तको भीड

काठमाडौं । दिवङ्गत आमाको सम्झनामा चन्द्रागिरि नगरपालिका वडा नं ६

फेसबुकले ल्यायो अठार वर्षपछि हराएको छोराको खबर, परिवार पुनर्मिलनको प्रतीक्षामा

कञ्चनपुर । सामाजिक सञ्जाल फेसबुकमा अपलोड गरिएको एउटा भिडियोले १८

अन्तरसरकारी वित्त परिषदको बैठकमा बुटवलका नगर प्रमुख पाण्डेयद्वारा समस्या समाधानका लागि ध्यानाकर्षण

बुटवल । बुटवल उपमहानगरपालिकाले अन्तर-सरकारी वित्त परिषद्को बैठकमा आफ्ना प्रमुख

संसदीय समितिका सभापतिको निर्वाचन आज

काठमाडौं । संघीय संसद्अन्तर्गत संसदीय समितिहरूको सभापति चयनका लागि आज

आज आमाको मुख हेर्ने दिन : मातातीर्थमा श्रद्धालुको घुइँचो

काठमाडौं । प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औँसीका दिनमा जन्मदाता