२२ मंसिर २०८२, सोमबार | December 8, 2025

रुपन्देहीमा अनुमति बिना रङ लगाइदिए ठाँउका ठाँउ कारवाही

होलीलाई मर्यादित बनाउन १२ सय प्रहरी परिचालन



बुटवल । रुपन्देही जिल्लामा होलीको बहानमा उच्छृंखल गतिविधि गरे प्रहरीले ठाँउका ठाँउ कारवाही गर्ने भएको छ । होली पर्वलाई मर्यादित र ब्यवस्थित बनाउनमात्र जिल्ला प्रहरी कार्यालयले १२ सय बढी प्रहरी परिचालन गरेको जनाएको छ ।

पूर्व अनुमतिबिना सभा, कन्सर्ट तथा सडक अवरुद्ध हुने गरि कार्यक्रम नगर्न प्रहरीले आग्रह समेत गरेको छ । भिडभाड गर्ने, जवरजस्ती रंग तथा पानीका लोला हान्ने, गहना लुट्ने जस्ता उच्छृंखल गतिविधि हुन सक्ने घटनालाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरिक्षक भरत बहादुर वि.कले जानकारी दिए ।

मोटरसाइकलमा २ जनाभन्दा बढी सवार हुने, तिव्र गतिमा सवारी चलाउने, मदिरा सेवन गरि होहल्ला गर्ने, अनुमति बेगर जबर्जस्ती रङरलोला प्रहार गर्ने जस्ता गतिविधि रोक्न सादा सहित १२ सय प्रहरी परिचालन गरिने प्रहरी उपरीक्षक बि.कले बताए ।

बिकका अनुसार प्रहरी युनिटका मोवाइलहरु चलायमान बनाइने छ भने आवश्यक्ताअनुसार चेकप्वाइन्टहरु थप्दै जाने, छड्के चेकिङलाई बढाउने साथै सादा पोशाकका प्रहरीबाट होलीको गतिबिधिको सूचना संकलन गर्ने तयारी प्रहरीले गरेको छ ।

जिल्लाका कुनैपनि स्थानमा घटना भए सूचना पाएको १० मिनेटमा घटनास्थल पुग्ने गरि व्यवस्था गरिएको एसपी बिकले जानकारी दिए । कानुन विपरित उच्छृंखल गतिविधि गर्नेहरुलाई कारवाहीको दायरामा ल्याउन कुनै कसर बाँकी नराखिने पनि उनले बताए ।

उनले कहीँकतै अमानविय गतिविधि भएमा १ सय नम्बरमा सम्पर्क गरी प्रहरीलाई सुचना दिन नागरिकहरुलाई आग्रह गरे ।

प्रकाशित मिति : २१ फाल्गुन २०७९, आइतबार  १ : ०७ बजे

वीरगञ्ज महानगरपालिकाद्वारा तरकारी तथा फलफूल बजार सञ्चालन

वीरगञ्ज । वीरगञ्ज महानगरले रेल्वेसडकस्थित छपकैयाँमा निर्माण गरेको तरकारी तथा

पहिलोपटक खलङ्गा बजारमा ‘फायर हाइड्रेन्ट’ जडान भएपछि…

जुम्ला । चन्दननाथ नगरपालिका-५ स्थित खलङ्गा बजारको एक ‘मोबाइल’ पसलमा

सार्वजनिक संस्थानमा गरेको करिब ४७ अर्ब लगानीको हिसाब गडबड

काठमाडौं । सार्वजनिक संस्थानमा गरिएको करिब रू ४७ अर्ब सरकारी

नेपालगञ्ज-दिल्ली सिधा हवाई उडानका लागि सरकारको ध्यानाकर्षण

नेपालगञ्ज । निजी क्षेत्रले नेपालगञ्ज-दिल्ली सिधा हवाई उडानका लागि सरकारको

जेनजी पुस्ताको कथामा ‘झरीपछिको इन्द्रेणी’

काठमाडौं । हाँस्य कलाकारका रुपमा स्थापित अर्जुन घिमिरे ‘पाँडे’ले निर्देशन