५ चैत्र २०८२, बिहिबार | March 19, 2026

समानताका लागि समान सोंच र व्यवहार जरुरी



बुटवल । संविधानले प्रदान गरेका महिला अधिकार प्राप्तिका लागि एकजुट हुनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।

‘लैङ्गिक समानताको बलियो आधारः सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार’ भन्ने नाराका साथ मनाइने ११३ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा बुटवल उपमहानगरपालिकाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै सरोकारवालाहरुले संविधान प्रदत्त अधिकार प्राप्तिका लागि महिलाहरु एकजुट हुनुपर्ने बताएका हुन् ।

कार्यक्रममा बोल्दै राष्ट्रिय सभा सदस्य कमला पन्तले महिलाहरुको आर्थिक र सामाजिक सशक्तीकरणका निम्ति तीन तहकै सरकारबाट प्रभावकारी काम हुनुपर्ने बताइन । उनले महिलालाई आर्थिक क्षेत्रमा अगाडि बढाउँदै सक्षम बनाउनुपर्ने बताइन ।

कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले महिलालाई मुलधारमा ल्याउँदै उत्पादनमूलक क्षेत्रमा जोड्नुपर्ने बताए । उनले समानताका लागि समान सोंच र व्यवहार जरुरी रहेको बताउँदै महिलालाई नवप्रवर्तन र प्रविधिसँग जोड्नुपर्ने बताए ।

कार्यक्रममा बोल्दै उपप्रमुख सावित्रादेवी अर्यालले समान अवसर र समान अस्तित्वका लागि महिलालाई उत्पादनमूलक र क्षमता विकासका काममा केन्द्रित हुनुपर्ने बताइन ।

कार्यक्रममा पर्पल फाउण्डेशनकी निर्देशक तथा नेतृ सिर्जना काफ्लेले महिलाले अधिकार प्राप्तिका लागि आफै अगाडि बढ्नुपर्ने र नेपालको संविधानले व्यवस्था गरेको र अन्तर्राष्ट्रिय प्रतिबद्धतालाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिइन ।

कार्यक्रममा सहभागीहरुले नेपालमा महिला आन्दोलन र महिला अधिकारका विषयमा राज्यका तीन तहले अधिकारअनुसारका भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका थिए ।

‘डिजिटलः लैङ्गिक समानताका लागि नवप्रवर्तन र प्रविधि’ भन्ने अन्तर्राष्ट्रिय नारासहित यही मार्च ८ मा अन्तर्राष्ट्रिय महिला दिवस साझा अभियानका रूपमा मनाउने बुटवल उपमहानगरपालिकाका सामाजिक विकास महाशाखा प्रमुख तुल्सा अर्यालले बताइन ।

प्रकाशित मिति : २१ फाल्गुन २०७९, आइतबार  ६ : २९ बजे

मुआब्जा विवादले पूर्व-पश्चिम रेल्वेको काम रोकियो

महोत्तरी । मुआब्जा विवादले पूर्व–पश्चिम रेल्वेको काम रोकिएको छ ।

बुटवलमा चैत्र ७ गते नेपाली राजनितीको परिदृष्य बारे बहस हुँदै

बुटवल । चिन्तन अभियान नेपाल रुपन्देहीले नेपाली राजनितीको परिदृष्य बारे

बुटवलमा ‘मिष्टर रामापिथेकस’ शारीरिक सुगठन प्रतियोगिता हुँदै

बुटवल । बुटवलमा ‘मिष्टर रामापिथेकस’ राष्ट्रव्यापी शारीरिक सुगठन तथा महिला

कैलालीमा श्रीमतीको गोली हानी हत्या, श्रीमान् घाइते

धनगढी । कैलाली मा एक युवकले आफ्नै श्रीमतीको गोली हानी

‘पार्स ग्याँस फिल्ड’मा आक्रमणपछि इरानको जवाफी हमला, कतारको ठूलो पेट्रोलियम प्लान्टमा क्षति

विश्वकै सबैभन्दा ठूलो प्राकृतिक ग्यास क्षेत्रसँग जोडिएको इरानको साउथ पार्समा