२७ जेष्ठ २०८३, बुधबार | June 10, 2026

उपप्रधानमन्त्री श्रेष्ठ स्वदेश फिर्ता, नेपाललाई एलडिसिजको ‘कोअर्डिनेसन ब्यूरो’को जिम्मेवारी



काठमाडौं । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ अतिकम् विकसित राष्ट्रहरू (एलडिसिज)को पाँचौं अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागिता जनाई मङ्गलबार राति स्वदेश फर्किएका छन् ।

यही मार्च ५ देखि कतारको राजधानी दोहामा जारी उक्त सम्मेलनमा सहभागी हुन उनी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शनिबार त्यसतर्फ गएका थिए ।

यही मार्च ५ देखि कतारको राजधानी दोहामा जारी उक्त सम्मेलनले नेपाललाई अतिकम विकसित राष्ट्रहरूको ‘कोअर्डिनेसन ब्यूरो’को अध्यक्षको जिम्मेवारी दिएको छ । एक महिनापछि संयुक्त राष्ट्रसङ्घमा एक समारोहबीच उक्त जिम्मेवारीको औपचारिक हस्तान्तरण हुनेछ ।

उपप्रधानमन्त्री श्रेष्ठले सम्मेलनमा नेपालसहितका देशले दाता वा साझेदारले अतिकम विकसित राष्ट्रहरूलाई माथि उठाउन के गर्नुपर्छ भन्ने बारेका ठोस आवाज उठाएको बताए । सम्मेलनमा अतिकम विकसित, अल्प विकसित र भूपरिवेष्टित राष्ट्रले कोभिड महामारीपछिको स्थिति सम्हाल्न, जलवायु सङ्कटले पैदा गरेका चुनौतीको सामना गर्न, वित्तीय व्यवस्थाले पैदा गरेका चुनौतीको सामना गर्न र अन्तर्राष्ट्रिय व्यापारिक प्रबन्धलाई सहज गर्न नयाँ ढङ्ले सोच्नुपर्नेमा जोड दिएका थिए ।

सम्मेलनको पहिलो चरणमा पारित ‘दोहा प्रोग्राम अफ एक्सन’ले पनि यिनै मुद्दाको कार्यान्वयनमा विशेष जोड दिइएको छ । संयुक्त राष्ट्र सङ्घद्वारा जारी ‘सस्टेनेबल डिभलपमेन्ट गोल’लाई सन् २०३० सम्ममा हासिल गर्ने छलफल समेत सम्मेलनमा भएको थियो ।

सम्मेलनमा नेपालले सन् २०२६ सम्ममा अतिकम विकसित राष्ट्रबाट विकासशिल राष्ट्रमा प्रवेश गर्ने प्रतिबद्धता दोहो¥याएको छ । संयुक्त राष्ट्रसङ्घ, त्यसका निकायहरू र सबै विकास साझेदारहरूले नेपालको विकासशील राष्ट्रमा प्रवेशलाई सहज र सुनिश्चित बनाउन सहयोग गर्नुपर्ने आवाज नेपालले उठाएको थियो ।

उपप्रधानमन्त्री श्रेष्ठले सम्मेलनक्रममा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस, विभिन्न देशका नेता एवं पदाधिकारीसँग र नेपाली प्रतिनिधिमण्डलको द्विपक्षीय, बहुपक्षीय भेटवार्ता तथा छलफल भएको थियो । त्यसक्रममा अबको नेतृत्वका रूपमा नेपालले अतिकम विकसित वा गरिब राष्ट्रहरूलाई सबैको हितका निम्ति गोलबन्द गर्ने विश्वास निर्माण गरेको उपप्रधानमन्त्री श्रेष्ठले बताए

प्रकाशित मिति : २४ फाल्गुन २०७९, बुधबार  १२ : ११ बजे

कांग्रेसको क्रियाशील सदस्यता चार लाख ५७ हजार ३६६ जनाले अद्यावधिक गरे

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री एवम् सदस्यता व्यवस्थापन केन्द्रीय समितिका

परराष्ट्रमन्त्री खनाल चीन भ्रमणमा जाने

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले उत्तरी छिमेकी चीनको भ्रमण गर्ने

प्रधानमन्त्री शाहद्वारा भारतीय समकक्षीप्रति बधाई तथा शुभकामना व्यक्त

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले भारतको सबैभन्दा लामोसमय प्रधानमन्त्री पदमा

यस्तो रहनेछ आज राती र भोलिको मौसम

काठमाडौँ । पछिल्ला केही दिनदेखि मौसममा आएको बदलीसँगै आज काठमाडौँसहित

मुस्ताङमा रसिलो स्याउको ब्रान्डी बनाउने सरकारी उद्योग बन्द

मुस्ताङ । स्याउको राजधानीका रूपमा परिचित मुस्ताङका किसानलाई स्याउखेती गर्न