६ जेष्ठ २०८१, आइतबार | May 19, 2024

रुपन्देही सुपरलिग : मेलवर्न ३ विकेटले विजयी



भैरहवा । नेपाल टेलिकम रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगिता अन्तर्गत डिभिजन ‘ए’ को बुधबारको खेलमा मेलवर्न क्रिकेट क्लब विजयी भएको छ । मेलवर्नले न्यु होराइजन क्रिकेट क्लबलाई ३ विकेटले पराजित गर्दै जित निकालेको हो ।

भैरहवास्थित सिद्धार्थ रंगशालामा भएको खेलको टस हारेर ब्याटिङको निम्तो पाएको न्यु होराइजनले निर्धारित ५० ओभरको खेलमा ४५.१ ओभरमा सबै विकेटको नोक्सानीमा १ सय १४ रनको सामान्य योगफल बनायो । उसका लागि प्रकाश गिरीले २१, अमर मिश्राले १९, इजाजउल हकले १५, विक्रम सिंहले ११ र निश्चल पराजुलीले १० रन जोडे । बलिङमा मेलवर्नका मोहम्मद हुसेनले ३, सन्देश जिसी र रोशनलाल गुप्ताले २–२ तथा रमेश कुर्मीले १ विकेट लिए ।

प्रतिउत्तरमा मेलवर्नले ३७.३ ओभरमा ७ विकेट गुमाउँदै १ सय १५ रन बनाई लक्ष्य भेट्टायो र जित निकाल्यो । उसको जितमा शिवकुमार मौर्यले २५, मोहम्मद हुसेनले नटआउट २२, बिष्णु कटरियाले २१, रोशन थामीले २० र सिद्धार्थ अधिकारीले ११ रनको योगदान गरे । बलिङमा न्यु होराइजनका अमर मिश्रा र सुशान भारीले २–२ तथा महेश भर, सुमित पराजुली र विप्रसन केसीले समान १–१ विकेट लिए । मेलवर्नका मोहम्मद हुसेन म्यान अफ द म्याच भई एक हजार रुपैयाँबाट पुरस्कृत भएको आयोजक संस्था रुपन्देही क्रिकेट संघका उपाध्यक्ष एवं प्रतियोगिता संयोजक धिरज अधिकारीले जानकारी दिए ।

चैत्र ३ गतेसम्म चल्ने प्रतियोगितामा बिजेताले १ लाख रुपैयाँ र ट्रफी तथा उपबिजेताले ५० हजार र ट्रफी प्राप्त गर्नेछन् । प्रतियोगितामा म्यान अफ द सिरिजले १५ हजार रुपैयाँ, बेस्ट ब्याट्सम्यान, बेस्ट बलर र उदयीमान खेलाडीले जनही ५ हजार रुपैयाँ तथा प्रत्येक खेलेको म्यान अफ द म्याचले १ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

प्रकाशित मिति : २४ फाल्गुन २०७९, बुधबार  ४ : ३५ बजे

बुटवलमा भोलिदेखि लुम्बिनी प्रदेश स्तरीय दोहोरी खेल प्रतियोगिता सुरु

बुटवल । लोक दोहोरी गीत प्रबद्र्धन गर्ने उद्देश्य सहित भोलिदेखि

जसपा छाडेका सांसदलाई विश्वासको मत दिनबाट रोक्न उपेन्द्र पुगे सर्वोच्च

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव प्रधानमन्त्री

कार्यदलको बैठकमा सहमति जुटेन

काठमाडौं । सहकारी प्रकरण छानबिन गर्न बन्न लागेको संसदीय छानबिन

भरतपुरमा सात वर्षमा सात सय किलोमिटर सडक कालोपत्र

चितवन । कुनै बेला भरतपुर महानगरपालिकाका सडकमा गहिरा खाल्डा थिए