३० जेष्ठ २०८३, शनिबार | June 13, 2026

रुपन्देही सुपरलिग : मेलवर्न ३ विकेटले विजयी



भैरहवा । नेपाल टेलिकम रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगिता अन्तर्गत डिभिजन ‘ए’ को बुधबारको खेलमा मेलवर्न क्रिकेट क्लब विजयी भएको छ । मेलवर्नले न्यु होराइजन क्रिकेट क्लबलाई ३ विकेटले पराजित गर्दै जित निकालेको हो ।

भैरहवास्थित सिद्धार्थ रंगशालामा भएको खेलको टस हारेर ब्याटिङको निम्तो पाएको न्यु होराइजनले निर्धारित ५० ओभरको खेलमा ४५.१ ओभरमा सबै विकेटको नोक्सानीमा १ सय १४ रनको सामान्य योगफल बनायो । उसका लागि प्रकाश गिरीले २१, अमर मिश्राले १९, इजाजउल हकले १५, विक्रम सिंहले ११ र निश्चल पराजुलीले १० रन जोडे । बलिङमा मेलवर्नका मोहम्मद हुसेनले ३, सन्देश जिसी र रोशनलाल गुप्ताले २–२ तथा रमेश कुर्मीले १ विकेट लिए ।

प्रतिउत्तरमा मेलवर्नले ३७.३ ओभरमा ७ विकेट गुमाउँदै १ सय १५ रन बनाई लक्ष्य भेट्टायो र जित निकाल्यो । उसको जितमा शिवकुमार मौर्यले २५, मोहम्मद हुसेनले नटआउट २२, बिष्णु कटरियाले २१, रोशन थामीले २० र सिद्धार्थ अधिकारीले ११ रनको योगदान गरे । बलिङमा न्यु होराइजनका अमर मिश्रा र सुशान भारीले २–२ तथा महेश भर, सुमित पराजुली र विप्रसन केसीले समान १–१ विकेट लिए । मेलवर्नका मोहम्मद हुसेन म्यान अफ द म्याच भई एक हजार रुपैयाँबाट पुरस्कृत भएको आयोजक संस्था रुपन्देही क्रिकेट संघका उपाध्यक्ष एवं प्रतियोगिता संयोजक धिरज अधिकारीले जानकारी दिए ।

चैत्र ३ गतेसम्म चल्ने प्रतियोगितामा बिजेताले १ लाख रुपैयाँ र ट्रफी तथा उपबिजेताले ५० हजार र ट्रफी प्राप्त गर्नेछन् । प्रतियोगितामा म्यान अफ द सिरिजले १५ हजार रुपैयाँ, बेस्ट ब्याट्सम्यान, बेस्ट बलर र उदयीमान खेलाडीले जनही ५ हजार रुपैयाँ तथा प्रत्येक खेलेको म्यान अफ द म्याचले १ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

प्रकाशित मिति : २४ फाल्गुन २०७९, बुधबार  ४ : ३५ बजे

पार्टी शुद्धीकरण र पुनर्गठनका लागि एमालेले प्रदेशबाट सुझाव सङ्कलन थाल्यो

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टी शुद्धीकरण, सुदृढीकरण,

बालुवामा पुरिएर मजदुरको मृत्यु

दाङ । एस्काभेटरले फालेको बालुवामा पुरिएर एक जना मजदुरको मृत्यु

आर्थिक तथा प्राविधिक अभाव हुँदा करोडौँका डायलासिस मसिन प्रयोगविहीन

नवलपरासी । भौतिक संरचना र प्राविधिक अभाव हुँदा करोडौँ मूल्यका

नक्खु कारागारबाट फरार कैदी सिन्धुपाल्चोकबाट पक्राउ

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा ललितपुरको नक्खु कारारागारबाट फरार भएका

भित्तेचित्रले बदलिँदै नेपालगन्जको रूप

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाले सहरका सरकारी तथा सार्वजनिकस्थलको सुन्दरता बढाउन