३० जेष्ठ २०८३, शनिबार | June 13, 2026

रुपन्देही सुपरलिग : न्यु होराइजन विजयी



भैरहवा । रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगिता अन्तर्गत डिभिजन ‘ए’ को शुक्रबारको खेलमा न्यु होराइजन क्रिकेट क्लब विजयी भएको छ । न्यु होराइजनले बुटवल राइनोजलाई २६ रनले पराजित गर्दै जित निकाल्न सफल भएको हो ।

सिद्धार्थ रंगशालामा टस जितेर ब्याटिङ गरेको न्यु होराइजनले निर्धारित ५० ओभरको खेलमा ३६.३ ओभरमा सबै विकेटको नोक्सानीमा १ सय ३८ रनको सामान्य योगफल बनायो । उसका लागि संगम पाण्डेले ४५, अमर मिश्राले २४ र राहुल भण्डारीले १५ रन बनाए । बलिङमा बुटवलका सुन्दर आलेले ४, शिव कुँवरले २ तथा अमर श्रेष्ठ, दामोदर मरासिनी र अलदीप क्षेत्रीले समान १-१ विकेट लिए ।

जवाफी व्याटिङ गरेको बुटवल राइनोज ३३.२ ओभरमा सबै विकेट गुमाउँदै १ सय १२ रनमै समेटियो र हार व्यहोर्यो । उसलाई सस्तैमा रोक्न ८.२ ओभर बलिङ गरेका न्यु होराइजनका विप्रशन केसीले १ मेर्डन राख्दै १७ रन खर्चेर ५ विकेट लिए । यस्तै, शुभम खनाल र अमर मिश्राले समान २-२ विकेट लिए ।

बुटवलका सोहन भण्डारीले २७, शिव कुँवरले २१, दीपेश रोक्का र अरविन सारुमगरले १०-१० रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो अंक बटुल्न सकेनन् र टिम पराजित भयो । न्यु होराइजनका विप्रशन केसी म्यान अफ द म्याच भई एक हजार रुपैयाँबाट पुरस्कृत भएको आयोजक संस्था रुपन्देही क्रिकेट संघका उपाध्यक्ष एवं प्रतियोगिता संयोजक धिरज अधिकारीले जानकारी दिए ।

चैत्र ३ गतेसम्म चल्ने प्रतियोगितामा बिजेताले १ लाख रुपैयाँ र ट्रफी तथा उपबिजेताले ५० हजार र ट्रफी प्राप्त गर्नेछन् । प्रतियोगितामा म्यान अफ द सिरिजले १५ हजार रुपैयाँ, बेस्ट ब्याट्सम्यान, बेस्ट बलर र उदयीमान खेलाडीले जनही ५ हजार रुपैयाँ तथा प्रत्येक खेलेको म्यान अफ द म्याचले १ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

प्रकाशित मिति : २६ फाल्गुन २०७९, शुक्रबार  ५ : ०२ बजे

कृत्रिम पोखरी निर्माणपछि घट्यो मानव–वन्यजन्तु द्वन्द्व

नेपालगन्ज । बाँके राष्ट्रिय निकुञ्जद्वारा निर्माण गरिएका कृत्रिम पोखरीका कारण

पार्टी शुद्धीकरण र पुनर्गठनका लागि एमालेले प्रदेशबाट सुझाव सङ्कलन थाल्यो

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टी शुद्धीकरण, सुदृढीकरण,

बालुवामा पुरिएर मजदुरको मृत्यु

दाङ । एस्काभेटरले फालेको बालुवामा पुरिएर एक जना मजदुरको मृत्यु

आर्थिक तथा प्राविधिक अभाव हुँदा करोडौँका डायलासिस मसिन प्रयोगविहीन

नवलपरासी । भौतिक संरचना र प्राविधिक अभाव हुँदा करोडौँ मूल्यका

नक्खु कारागारबाट फरार कैदी सिन्धुपाल्चोकबाट पक्राउ

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा ललितपुरको नक्खु कारारागारबाट फरार भएका