६ भदौ २०८३, शनिबार | August 22, 2026

गणतन्त्र सिध्याउन दरवारिया र राजावादीहरु सडकमा – चित्रबहादुर केसी



बुटवल । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गणतन्त्र सिध्याउन दरवारिया र राजावादीहरु सडकमा आएको बताएका छन् । विदेशी शक्ति केन्द्रको आडमा गणतन्त्र बिरोधीहरु चलखेल बढेको अध्यक्ष केसीको भनाइ छ ।

शनिबारदेखि बुटवलमा शुरु भएको राष्ट्रिय जनमोर्चाको राष्ट्रिय परिषद् वैठक उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष चित्रबहादुर केसीले भने – अहिलेको अवस्थामा गणतन्त्रलाई बचाउनुको विकल्प छैन ।

नेपालमा हिन्दु राज्य कायम गर्न भारतको आडमा राजावादीहरु सक्रिय भएको उल्लेख गर्दै अध्यक्ष केसीले भने- यो विषयमा ओली र एमालेहरुको पनि सांठगांठ छ ।

नेपालको राष्ट्रियता र अखण्डताको पक्षमा निरनतर संघर्ष गर्दै आएको पार्टी राष्ट्रिय जनमोर्चा मात्रै भएको दावी गर्दै उनले भने- राष्ट्रियताको पक्षमा संघर्षहिन सम्झौताबाट राष्ट्रिय भाग्दैन ।

उनले द्वन्द्वकालिन समयमा जघन्य अपराध गर्नेलाई कारवाही गर्नुपर्ने बताउंदै आयोग बनाएर द्वन्द्वकालमा जघन्य अपराध गर्नेलाई कारवाही गरी निर्दोषलाई न्याय दिनुपर्ने बताए ।

द्वन्द्वकालिन मुद्वामा प्रचण्ड मात्रै दोषी नभएको उल्लेख गर्दै राज्य र अन्य पक्ष पनि दोषी रहेको चित्रबहादुर केसहीको भनाइ छ । नेपालको राजनीतिमा अमेरिकाको हस्तक्षेप बढेको उल्लेख गर्दै नेपालमाथि भारतले जनसंख्या र भौगोलिक रुपमा आक्रमण गरिरहेको दावी गरे । सांसदसमेत रहेका अध्यक्ष केसीले अमेरिकी र भारतीय साम्राज्यवाद नेपालको हितमा नभएको बताए ।

भारतले निरन्तर रुपमा नेपालमाथि आक्रमण गर्दै आएको र पछिल्ला केही वर्ष यता अमेरिका एमसीसी परियोजनाको माध्यामबाट चीनविरुद्व गतिविधि गर्नका लागि नेपालको भूमि प्रयोग गर्न नेपालको राजनीतिमाथि सक्रिय बनेको अध्यक्ष केसीको दावी छ । उनले संघीयतालाई हतियार बनाएर शक्ति केन्द्र राष्ट्रहरुले नेपालमा चलखेल बढाएको दावी गर्दै नेपालको हकमा संघीयता असफल भैसकेको दावी गरे ।

हिजो संघीयता बोक्नेहरु आज संघीयताको बिरोध गर्न थालेकाले नेपालमा संघीयताविरुद्व ठूलो जनमत तयार भएको बताए । नेपाल कम्युनिष्ट पार्टी मसालका प्रवक्ता रामप्रकाश पुरीले अमेरिकी साम्राज्यवाद, भारतीय साम्राज्यवाद र युरोपियन शक्ति केन्द्रको आडमा देशीय सामन्तवादी शक्ति गणतन्त्रका विरुद्व सक्रिय भएको बताए ।

कार्यक्रममा राष्ठ्रिय सभा सदस्य तथा जातीय समाता समाजका अध्यक्ष राजेश विश्वकर्मा, लुम्बिनी प्रदेश सांसद तारा थापा, राष्ट्रिय जनमोर्चाका सल्लाहाकार तथा बाग्लुङ जिल्ला समन्य समितिका प्रमुख अमर थापा, अखिल नेपाल युवक संघका उपाध्यक्ष लक्ष्मण पुन, अखिल नेपाल किसान महासंघका उपाध्यक्ष चन्द्रबहादुर केसी, अन्टुकका अध्यक्ष लोकराज भुसाल, अखिल नेपाल महिला संघकी उपाध्यक्ष कल्पना पोखरेल, प्रगतिशील पत्रकार संघ नेपालका अध्यक्ष श्यामलाल पोखरेल, रक्तिम सांस्कृतिक अभियानका अध्यक्ष गिरीप्रसाद बुढा, अखिल नेपाल जनजाती सम्मेलनका महासचिव अमरध्वज राना, अखिल नेपाल उद्योग व्यापार संघका अध्यक्ष ढुण्डीराज शर्मा, अखिल नेपाल बुद्विजीवी संघका सचिवालय सदस्य दुर्गानाथ खरेल, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन छैठौंका अध्यक्ष देवेन्द्र कुंवर लगायतले आ-आफ्ना भनाइ राखेका थिए ।

राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष रश्मीराज नेपालीको अध्यक्षता, उपाध्यक्ष जनकराज शर्माको स्वागत र महासचि मनोज भट्टको सञ्चालनमा कार्यक्रम भएको थियो । राष्ट्रिय जनमोर्चाको राष्ट्रिय परिषद् बैठक दुई दिनसम्म चल्ने छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७९, शनिबार  ६ : २१ बजे

प्रधानमन्त्री वालेन्द्र शाहले गरे मुक्तिनाथको दर्शन

मुस्ताङ । प्रधानमन्त्री वालेन्द्र शाहले आज साँझ पवित्र धार्मिकस्थल मुक्तिनाथको

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौँ । काठमाडौँ महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर

कांग्रेसद्वारा ‘प्रदीप गिरि स्मृति फेलोसिप’ घोषणा

ललितपुर । नेपाली कांग्रेसले अनुसन्धान, पुस्तक लेखन, अनुवाद तथा दस्ताबेजीकरणका

सतर्कता केन्द्रको अनुगमन : न सरकारी पोसाकमा कर्मचारी/ न समयमा कार्यालय

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गतको राष्ट्रिय सतर्कता केन्द्रले उपत्यकाका

सरकार र दुर्गा प्रसाईं समूहबीच १४ बुँदे सहमति

काठमाडौँ । नेपाल सरकार र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र