९ माघ २०८२, शुक्रबार | January 23, 2026

लुम्बिनी प्रदेशका सभामुख घर्ती र बुटवलका प्रमुख पाण्डेयबीच भेटवार्ता

प्रदेश राजधानी सारेर लगेकोमा भन्दा लगिसकेपछि एक शब्द धन्यबाद नपाउँदा बुटवल दुःखी छ : नगरप्रमुख पाण्डे



बुटवल । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती र बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेययबीच भेटवार्ता भएको छ ।

आज बुटवल उपमहानगरपालिकाको कार्यालयमा नगरप्रमुख पाण्डेयले सभामुख घर्तीलाई स्वागत गरे । भेटवार्ताका क्रममा सभामुख घर्तीले प्रदेशसभाले स्थानीय सरकारसँग कानून निर्माण र कार्यान्वयनलगायत समन्वय र सहकार्य गर्ने गरी तयारी गरिरहेको बताए । सभामुख घर्तीले प्रदेशसभाले बनाएका कानून कार्यान्वयन गर्ने स्थानीय सरकारसँग औपचारिकरूपमा कुनै पनि समन्वय र सहकार्य हुन नसकेको अवस्थामा छिट्टै नै त्यस्तो कामका लागि अनौपचारिक संयन्त्र बनाउने गरी तयारी गरिरहेको समेत बताए ।

निजामती कर्मचारीसम्बन्धी कानून निर्माणमा भएको ढिलाइका कारण कर्मचारी व्यवस्थापनमा समस्या भएको भन्दै नगरप्रमुख पाण्डेयले सङ्घ र प्रदेशले छिट्टै कानून बनाएर स्थानीय सरकारको मर्म बुझिदिन अनुरोध गरे । उनले स्थानीय सरकारमा धेरै प्रकृतिका कर्मचारी कार्यरत रहेकाले त्यस्ता कर्मचारीका बारेमा पनि प्रदेशले कानून बनाएर सहजीकरण गरिदिनुपर्नेमा जोड दिए ।

नगरप्रमुख पाण्डेयले प्रदेश सभामुखका रूपमा मात्रै नभई जनताको प्रतिनिधि पनि रहेकाले बुटवलको ज्योतिनगर पहिरो, सिद्धबाबा सडक क्षेत्र, तिनाउ नदीको कटान र बाढीका कारण उत्पन्न विपद् व्यवस्थापन, सुकुम्वासी समस्याका बारेमा जानकारी गराउँदै प्रदेशका तर्फबाट सहजीकरण गरिदिन अनुरोध गरे ।

नगरप्रमुख पाण्डेयले बुटवलबाट प्रदेशको राजधानी दाङ जाने क्रममा प्रदेश सरकारले बुटवलमा प्रयोग गरेका संरचना अस्तव्यस्त छाडेरगएकाले तीनको व्यवस्थापनमा सम्बन्धित सङ्घसंस्था र कार्यालयलाई सहयोग गर्न पहल गरिदिन अनुरोध गरे । उनले बुटवलबाटराजधानीका मुख्य संरचना दाङ गए पनि केही संरचना, केही मन्त्रालय र कार्यालय बुटवलमा राखेर प्रादेशिक अपनत्वको भावना देखाउन पनि अनुरोध गरे ।

“बुटवलले प्रदेश राजधानी सारेर लगेकोमा दुःख मनाउ गरेको होला तर प्रदेशको राजधानी सारेर लैजाँदा एकपटक धन्यवाद नदिएकोमा अरु धेरै चित्त दुखाएको छ”, उनले सभामुखसँग गुनासो गरे ।

प्रकाशित मिति : २८ फाल्गुन २०७९, आइतबार  ११ : ३४ बजे

स्थानीय चिया पसलदेखि सार्वजनिक यातायातसम्ममा चुनावी बहस

बेलबारी । प्रतिनिधिसभा सदस्यका लागि आगामी फागुन २१ गते हुने

आजको मौसम : कर्णाली र सुदूरपश्चिमसहित विभिन्न प्रदेशमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाउँदै

आज वसन्तपञ्चमी : सरस्वतीको विधिपूर्वक पूजा हुँदै

काठमाडौं । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी

निर्वाचन आउन ४१ दिन बाँकी : उम्मेदवारलाई आज निर्वाचन चिह्न प्रदान गरिने

काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारले आज दिउँसो

निर्वाचनअगावै राष्ट्रिय राजमार्गको खाल्डाखुल्डी मर्मत गर्न माग

काठमाडौँ । देशभरका यातायात व्यवयासीको छाता संस्था नेपाल यातायात व्यवसायी