६ पुस २०८२, आइतबार | December 21, 2025

भर्ना विवाद नसुल्टिदा आठ क्याम्पसको स्ववियु निर्वाचन प्रक्रिया अवरुद्ध



काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका नजिकिदैँ जाँदा त्रिभुवन विश्वविद्यालयका आङ्गिकतर्फका ८ क्याम्पसमा भने निर्वाचन प्रक्रिया अवरुद्ध भएको छ ।

देशभरका क्याम्पसमा गत फागुन २७ गते उम्मेदवारको मनोनयन भए पनि ८ आङ्गिक क्याम्पसमा निर्वाचन प्रक्रिया अवरुद्ध हुन गएको हो ।

त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले विद्यार्थी सङ्गठनबीच भर्नाका विषयमा विवाद भएको कारणले निर्वाचन प्रक्रिया रोकिएको हो ।

उनका अनुसार काठमाडौं उपत्यकामा त्रिचन्द्र क्याम्पस, विश्वभाषा क्याम्पस र आयुर्वेद क्याम्पस तथा उपत्यकाबाहिरका पृथ्वीनारायण क्याम्पस पोखरा, महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्ज, सिद्धनाथ विज्ञान बहुमुखी क्याम्पस महेन्द्रनगर, धवलागिरि क्याम्पस बागलुङ र वीरेन्द्र क्याम्पस चितवनमा निर्वाचन प्रक्रिया अवरुद्ध भएका छन् ।

हाल अवरुद्ध भएको क्याम्पसको भर्ना बिबाद हल गरेर निर्वाचन प्रक्रिया अगाडी बढाउन क्याम्पस प्रमुखहरुलाई निर्देशन दिइसकेको छ । ‘हामी यसपटक सबै क्याम्पसमा स्ववियु निर्वाचनमार्फत नेतृत्व आउने छन, कुनै पनि क्याम्पसमा स्ववियुको नेतृत्व विना सञ्चालन हुन सक्दैन भन्नेमा सचेत छौं’, ‘त्यसैले रोकिएको क्याम्पसमा विद्यार्थी सङ्गठनसँग वार्ता गरेर निर्वाचन प्रक्रिया अगाडि बढाउन निर्देशन दिईसकेका छ, चाँडै ती क्याम्पसमा स्ववियु निर्वाचन हुनेछन ।’

उनका अनुसार देशैभरीका अन्य क्याम्पसमा भने उत्साहजनक रुपमा उम्मेदवारी दर्ता भएर निर्वाचन प्रक्रिया अघि बढिरहेका छन् ।

प्रकाशित मिति : २९ फाल्गुन २०७९, सोमबार  ८ : ०९ बजे

नेपालगन्जमा सार्वजनिक नीति साझेदारी ऐन पारित

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिकाले संंशोधनसहित आर्थिक ऐन, २०८२ र सार्वजनिक

सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग नेपालका लागि जनवादी गणतन्त्र

चिसोले गरिब बस्तीको जनजीवन कष्टकर

महोत्तरी । मङ्सिरभरि झलमल्ल घाम लाग्दा सामान्य रहेको यहाँको जनजीवन

बैंकहरूको निक्षेप पौने ७६ खर्ब नाघ्यो, राष्ट्र बैंकलाई तरलता व्यवस्थापनको चुनौती

काठमाडौं । नेपालका बैंक तथा वित्तीय संस्थाहरूमा सर्वसाधारणको निक्षेपको कुल

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिने बढी

चितवन । नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या