काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले दुई जना विमान चालकलाई निलम्बन गरेको छ ।
प्राधिकरणले सुरु गरेको इन्स्ट्रमेन्ट फ्लाइट रुल (आईएफआर) विधिबाट उडान नगरी भिजुअल फ्लाइट रुल (भीएफआर)बाट बादलभित्र उडान गर्ने दुई जना चालकलाई अर्को आदेश नभएसम्मका लागि निलम्बन गरेको हो ।
प्राधिकरणले चालकहरुको नाम र वायुयानको नाम भने सार्वजनिक गरेको छैन ।
ती विमान चालकहरुमाथि थप छानविन प्रक्रिया अघि बढाएको प्राधिकरणले जनाएको छ ।
गत माघ १ गते पोखरामा यति एयरको विमान दुर्घटना भएपछि प्राधिकरणले भीएफआर विधिबाटबाट उडान गर्न रोक लगाएको छ ।



















प्रतिक्रिया