१४ बैशाख २०८३, सोमबार | April 27, 2026

रूपन्देही सुपरलिग : सुपर फोरको अन्तिम खेलमा लुम्बिनी खुकुरी विजयी



भैरहवा । लुम्बिनी खुकुरी क्रिकेट क्लब भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगिता अन्तर्गत सुपर फोरको अन्तिम खेलमा विजयी भएको छ । एक खेल अगावै फाइनलमा पुगेको खुकुरीले बिहीबार भएको सुपर फोरको अन्तिम खेलमा तिरुपति क्रिकेट क्लबमाथि १ सय १८ रनको फराकिलो जित निकालेको हो । सुपर फोरमा सबै जित निकाल्न सफल लुम्बिनी खुकुरीले अब शनिबार हुने फाइनलमा वेष्टर्न क्रिकेट क्लबसँग उपाधिका लागि भिड्ने छ ।

सिद्धार्थ रंगशालामा भएको खेलमा टस जितेर ब्याटिङ गरेको लुम्बिनी खुकुरीले निर्धारित ५० ओभरको खेलमा ४९.२ ओभरमा सबै विकेट गुमाउँदै २ सय ४० रनको उच्च योगफल बनायो । उसका लागि प्रज्वल थापाले शतकीय पारी खेल्दै १ सय १४ रनको योगदान दिए । यस्तै, निश्चल चौधरीले २६, साहब आलमले २४, संदीप रजालीले १३ र धिरज शाहीले १२ रन बनाए । बलिङमा तिरुपतिका तुलबहादुर थापाले ५, वीरेन्द्र मल्लले २, बसिर अहम्मद, विवेक यादव र संदीप मौर्यले समान १-१ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको तिरुपति २२.४ ओभरमा सबै विकेटको नोक्सानीमा १ सय २२ रनमा समेटियो र हार व्यहोर्यो । उसलाई सस्तैमा रोक्न लुम्बिनी खुकुरीका अजयकुमार चौहान र इकलाख वारिसले समान ३-३ तथा धिरज शाहीले २ विकेट लिए । तिरुपतिका नन्दलाल चाईले २८, तुलबहादुर थापाले २४, विवेक यादवले १८, बसिर अहम्मदले १४ र अमन गुप्ताले १३ रन बनाए पनि जितका लागि पर्याप्त भएन । खेलमा लुम्बिनी खुकुरीका प्रज्वल थापा म्यान अफ द म्याच भई एक हजार रुपैयाँबाट पुरस्कृत भएको आयोजक संस्था रुपन्देही क्रिकेट संघका उपाध्यक्ष एवं प्रतियोगिता संयोजक धिरज अधिकारीले जनाए ।

रुपन्देही क्रिकेट संघको आयोजनामा जारी प्रतियोगिताको बिजेताले १ लाख रुपैयाँ र ट्रफी तथा उपबिजेताले ५० हजार र ट्रफी प्राप्त गर्नेछन् । प्रतियोगितामा म्यान अफ द सिरिजले १५ हजार रुपैयाँ, बेस्ट ब्याट्सम्यान, बेस्ट बलर र उदयीमान खेलाडीले जनही ५ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

प्रकाशित मिति : २ चैत्र २०७९, बिहिबार  ५ : २४ बजे

नेकपाले बनायो ११ सदस्यीय संविधान संशोधन कार्यदल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले संविधान संशोधनका विषयमा अध्ययन तथा

दुई दिनपछि खुल्यो अवरुद्ध बीपी राजमार्ग

काभ्रेपलाञ्चोक । शनिबारको वर्षापछि रोशी खोलाको बाढीका कारण अवरुद्ध बीपी

सरकारका प्रवक्ता भन्छन् – टीयू क्रिकेट मैदान भत्किने हल्ला निराधार

काठमाडौं । सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार

संसद् अधिवेशन स्थगित गरेर अध्यादेश ल्याउनु उचित हुँदैन : कांग्रेस

ललितपुर । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले संसद् अधिवेशन स्थगित