२५ भदौ २०८३, बिहिबार | September 10, 2026

रुपन्देही प्रहरीद्धारा ट्याक्टरसहित १८ लाख भन्दा बढि मूल्यको अवैध सामान नियन्त्रण



बुटवल । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले १८ लाख भन्दा बढि मूल्यको अवैध सामान बरामद गरेको छ ।

शुक्रबार दिउँसो ११ः२० बजे मायादेवी गाउँपालिका वडा नम्बर ७ वनगाईबाट १८ लाख ३६ हजार ६८० रुपियाँ बराबरको भन्सार छलीको सामान जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो ।

रुपन्देहीको मर्चवारी गाउँपालिका-४ बस्ने ३६ वर्षीय ओमप्रकाश यादवले चलाएको ग १ त ४६२५ नम्बरको ट्याक्टरलाई वनगाईमा रोकेर चेकजाँच गर्दा भारतबाट ल्याउँदै गरेको अवैध सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

प्रहरीमा अनुसार चेकजाँचका क्रममा लेडीज सुट ५६८ पिस, ब्लाउजको अस्तर (भित्री) २ हजार पिस, पहेंलो धोतीको कपडा २ हजार ६४० पिस, पुजामा प्रयोग गरिने सेतो कपडा ३८० पिस, जेन्स बेल्ट ४१० पिस बरामद गरी ट्याक्टरसहित नियन्त्रणमा लिइएको हो । बरामद सामान आवश्यक कारवाहीको लागि भैरहवा भन्सार कार्यालय पठाइएको छ ।

प्रकाशित मिति : ३ चैत्र २०७९, शुक्रबार  ६ : ०५ बजे

अधुरा तथा अपूरा आयोजनाको विवरण सङ्कलन गर्न समिति गठन

दाङ । लुम्बिनी प्रदेश सरकारले प्रदेशअन्तर्गत रहेका अधुरा तथा अपूरा

हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा

काठमाडौँ । हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा पर्दै गएको व्यवसायीले

चीनमा कार्गो जहाजमा आगलागी : कम्तीमा २० जनाको मृत्यु

काठमाडौँ । चीनको पूर्वी भागस्थित एक बन्दरगाहमा राखिएको विदेशी झण्डावाहक

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलद्वारा बिदाइ

काठमाडौ. । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ

नवनियुक्त मन्त्री साह भन्छन् – ग्यास आपूर्ति सहज बनाउने पहिलो प्राथमिकता

काठमाडौं । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले पदभार