४ पुस २०८२, शुक्रबार | December 20, 2025

रुपन्देही प्रहरीद्धारा ट्याक्टरसहित १८ लाख भन्दा बढि मूल्यको अवैध सामान नियन्त्रण



बुटवल । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले १८ लाख भन्दा बढि मूल्यको अवैध सामान बरामद गरेको छ ।

शुक्रबार दिउँसो ११ः२० बजे मायादेवी गाउँपालिका वडा नम्बर ७ वनगाईबाट १८ लाख ३६ हजार ६८० रुपियाँ बराबरको भन्सार छलीको सामान जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो ।

रुपन्देहीको मर्चवारी गाउँपालिका-४ बस्ने ३६ वर्षीय ओमप्रकाश यादवले चलाएको ग १ त ४६२५ नम्बरको ट्याक्टरलाई वनगाईमा रोकेर चेकजाँच गर्दा भारतबाट ल्याउँदै गरेको अवैध सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

प्रहरीमा अनुसार चेकजाँचका क्रममा लेडीज सुट ५६८ पिस, ब्लाउजको अस्तर (भित्री) २ हजार पिस, पहेंलो धोतीको कपडा २ हजार ६४० पिस, पुजामा प्रयोग गरिने सेतो कपडा ३८० पिस, जेन्स बेल्ट ४१० पिस बरामद गरी ट्याक्टरसहित नियन्त्रणमा लिइएको हो । बरामद सामान आवश्यक कारवाहीको लागि भैरहवा भन्सार कार्यालय पठाइएको छ ।

प्रकाशित मिति : ३ चैत्र २०७९, शुक्रबार  ६ : ०५ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको