३० असार २०८३, मंगलबार | July 14, 2026

राप्रपाद्वारा पार्टीमा देखिएका समस्या समाधान गर्न समिति गठन



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टी कमिटीहरूमा देखिएका समस्या समाधान गर्न समिति गठन गरेको छ ।

केही जिल्ला र कमिटीमा आन्तरिक विवाद रहेको, विभिन्न जिल्ला तथा स्थानीय समितिहरू निष्क्रिय रहेकोलगायत विभिन्न समस्या भएका कारण साङ्गठनिक गतिविधि अघि बढाउन कठिनाइ भएको गुनासो बढ्न थालेपछि समाधानका लागि समिति गठन गरिएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

समितिले जिल्ला र स्थानीय कमिटीको समस्याको पहिचान र समाधानका लागि अध्ययन र छानबिन गरी १५ दिनभित्र सुझाव पेश गर्न नेता नीरञ्जन थापाको संयोजकत्वमा निष्क्रिय एवं आन्तरिक समस्या समाधान तथा समन्वय समिति गठन गरिएको हो । समितिको सदस्य सचिवमा पार्टीका केन्द्रीय सदस्य राजु बस्नेत र सदस्यहरूमा महामन्त्री प्रह्लाद शाह, सह महामन्त्रीत्रय प्रकाश रिमाल, रवीन्द्र प्रताप शाह, झनक प्याकुरेल र केन्द्रीय सदस्य पवित्रा सुब्बा श्रेष्ठ छन् ।

समितिले पदीय जिम्मेवारीमा रहेर जिम्मेवारी अनुसारको भूमिका निर्वाह नगर्ने, गत स्थानीय, प्रदेश र सङ्घको निर्वाचनमा पार्टीका उमेदवारलाई असहयोग गर्ने, सामाजिक सञ्जाल र आमसञ्चार माध्यममा पार्टी र नेतृत्व लक्षित गलत अभिव्यक्ति दिने, भ्रम सिर्जना गर्ने, निर्वाचनमा होमिएका उम्मेदवारको मनोबल कमजोर हुने गरी क्रियाकलाप गर्ने, निर्वाचनको समयमा पनि निष्क्रिय रहेका विभिन्न तहगत समितिलाई कारबाहीको दायरामा ल्याउने गरी छानबिन गर्ने गर्नेछ ।

प्रकाशित मिति : ३ चैत्र २०७९, शुक्रबार  ९ : २६ बजे

कान्ति लोकपथ अस्थायी रूपमा बन्द

ललितपुर । लगातारको वर्षा र मनसुनजन्य जोखिमका कारण कान्ति लोकपथमा

भौतिक विकासको पर्खाइमा डडेल्धुराको पलगडी गाउँ

कञ्चनपुर । डडेल्धुरा जिल्लाको पर्शुराम नगरपालिका-११ स्थित पलगडी गाउँ आज

पर्यटकीय पूर्वाधारमा केन्द्रित जनकपुरधाम

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाले सफा, स्वच्छ, सुन्दर नगर बनाउने उद्देश्यका

सर्लाहीमा आत्मदाह प्रयास गरेका विवेक मण्डलको उपचारकै क्रममा निधन

काठमाडौं । सर्लाहीमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेका विवेक मण्डलको

गोरखामा ५८ प्रतिशत रोपाइँ सकियो

गोरखा । समयमै मनसुन सक्रिय भएपछि गोरखामा धान रोपाइँले गति