१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

आजको मौसम : देशभर आंशिकदेखि सामान्य बदली, पहाडी तथा तराईका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना



काठमाडौं । देशका केही भागमा आज बिहान वर्षा भइरहेको छ । देशका पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षा भइरहेको हो ।

आज बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशको पहाडी भू-भागका केही स्थान तथा तराई भू-भागका थोरै स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । पहाडी भू-भागका थोरै स्थानमा वर्षाको सम्भावना रहको छ । कोसी प्रदेश, मधेस प्रदेश र वाग्मती प्रदेशको तराई भू-भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको विभागको भनाइ छ । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

प्रकाशित मिति : ४ चैत्र २०७९, शनिबार  ६ : २४ बजे

बुटवलका मासु व्यवसायी बधशालाको मासु बेच्न अनिच्छुक

बुटवल । मानव बस्तीको चहलपहल भइरहनेस्थलमै पशुपन्छी बध गरेर प्रदुषित

नेपाल-चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न

काठमाडौं । नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी दुई वर्षका

सरकारको स्थायित्वबारे चलाइएका हल्ला निराधार : बिष्णु पौडेल

काठमाडौं । प्रमुख सत्ता घटक एमाले उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री बिष्णु

कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिदै

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत

चित्रकलामा भविष्य खोजिरहेकी निर्मला

कञ्चनपुर । कञ्चनपुरकी कृष्णपुर नगरपालिका-१ सुन्दरीफाँटाकी २४ वर्षीया निर्मला चौधरी