८ माघ २०८२, बिहिबार | January 22, 2026

फुपुकी छोरीलाई यौन दुर्व्यवहार गरेको आरोपमा किशोर पक्राउ



पोखरा । फुपूको छोरीलाई यौन दुर्व्यवहार गरेको आरोपमा पोखराका एक किशोर पक्राउ परेका छन् ।

१४ वर्षीया बालिकाका परिवारको जाहेरीपछि बाल यौन दुर्व्यवहारको आरोपमा किशोर पक्राउ परेका हुन ।

किशोरीले आफूमाथि मामाको छोराबाट यौन दुर्व्यवहार भएको भन्दै दुई दिनअघि टिकटकमार्फत घटना सार्वजनिक गरेकी थिइन् । आइतवार पक्राउ परेका किशोरलाई कास्की जिल्ला अदालतबाट म्याद थप गरी बाल निगरानी कक्षमा राखिएको छ ।

किशोरीले टिकटकमार्फत आफू मामाको घरमा गएर बस्दा मामाको छोराले पटकपटक यौन दुर्व्यवहार गरेको जनाएकी थिइन । उनका अनुसार मामा माइजुलाई भन्दा उल्टै  गाली गरेको र मामाको छोराले आफूलाई ज्यान मार्ने धम्कीसमेत दिएका थिए । जसका कारण आफुले नाडी काटनु परेको तथार आत्महत्याको सोचसमेत आएको उनले टिकटकमार्फत सार्वजनिक गरेकी थिइन ।

टिकटकमार्पफत सो घटना सार्बजनिक भएपछि किशोरीको परिवारको जाहेरीको आधारमा किशोरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी श्रवणकुमार विकले जानकारी दिए । उनका अनुसार अदालतबाट म्याद थप भएका किशोर माथी अनुसन्धान कार्य अगाडि बढाएईएको छ ।

दुबै किशोर भएकाले प्रहरीले औपचारिक रुपमा भने नाम भने सार्वजनिक गरेको छैन ।

प्रकाशित मिति : ६ चैत्र २०७९, सोमबार  ८ : ५७ बजे

रुग्ण आयोजनाको ठेक्का तोड्न भौतिक मन्त्रालयलाई निर्देशन

सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले समयमै काम

निपाह भाइरस सङ्क्रमण भित्रिन नदिन उच्च सतर्कता

काठमाडौं । सरकारले भारतको पश्चिम बङ्गालमा देखिएको निपाह भाइरस सङ्क्रमण

बागलुङका ५५ मतदानस्थल अति संवेदनशील

बागलुङ । बागलुङमा आगमी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा

नवलपुर-१ मा बालकृष्ण घिमिरे आधिकारिक उम्मेदवार कायम

नवलपुर । नवलपुर प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ मा

रेशम चौधरीको उम्मेदवारी खारेज

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीको प्रतिनिधिसभा