७ पुस २०८२, सोमबार | December 22, 2025

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिन सिंगो सदनलाई एमालेको आग्रह



काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने भएको छ ।

सोमबार प्रतिनिधि सभामा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने प्रस्ताव प्रस्तुत गरेपछि जारी छलफलमा बोल्दै एमाले उपाध्यक्ष विष्णु पौडेलले दलको धारणा प्रष्ट पारेका हुन् ।

पौडेलले बाँकी दललाई पनि विश्वासको मत नदिन आग्रह गरे । ‘प्रधानमन्त्रीले सदनसमक्ष विश्वासको मत माग्नुभएको छ । तर जस्तो परिस्थितिमा, जस्तो पृष्ठभूमिबाट गुज्रिँदै उहाँ यो दिनमा आइपुग्नुभएको छ । र जसरी उहाँले विश्वासको मत मागिरहनुभएको छ । मलाई लाग्छ, उहाँलाई विश्वासको मत दिने कुनै आधार र कारण देखिएन,’ उनले भने, ‘यो सिंगो सदनमा विपक्षमा दृढतापूर्वक उभियोस् भन्ने हार्दिकतापूर्वक अनुरोध गर्न चाहन्छु ।’

पुस २६ मा पनि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएका थिए । त्यतबेला मतदानमा सहभागी २७० सांसदमध्ये प्रचण्डले २६८ मत पाएका थिए । विपक्षमा २ मत खसेको थियो ।

यसबीचमा एमाले र राप्रपाले सरकारबाट बाहिरिँदै सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले पुनः विश्वासको मत लिन लागेका हुन् ।

 

प्रकाशित मिति : ६ चैत्र २०७९, सोमबार  २ : ३६ बजे

ओलीको खुला चुनौती – जाँचबुझ आयोगलाई बयान दिन्नँ; गोली ठोके हुन्छ, आजीवन थुनिदिए हुन्छ  

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जाँचबुझ

पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ

पर्वत । पर्वतका अधिकांश पाखापखेरा, डाँडाकाँडामा लप्सी पाकेर पहेँलपुर बनिरहेका

शैक्षिक हड्तालका कारण काठमाडौं उपत्यकाका अधिकांश विद्यालय बन्द

काठमाडौं । जनपक्षीय विद्यार्थी युनियन, नेपालले शैक्षिक हड्तालको घोषणा गरेपछि

सरकारसँग असन्तुष्ट जेनजी मिराज ढुङ्गाना समूहको आजदेखि देशव्यापी आन्दोलन

काठमाडौं । सरकारको कार्यशैली र उपलब्धिप्रति असन्तुष्टि जनाउँदै जेनजी समूहले

निर्वाचन ७३ दिन बाँकी : यस्तो छ आयोगले तोकेको समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत

काठमाडौं । राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनका