७ भदौ २०८३, आइतबार | August 23, 2026

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिन सिंगो सदनलाई एमालेको आग्रह



काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने भएको छ ।

सोमबार प्रतिनिधि सभामा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने प्रस्ताव प्रस्तुत गरेपछि जारी छलफलमा बोल्दै एमाले उपाध्यक्ष विष्णु पौडेलले दलको धारणा प्रष्ट पारेका हुन् ।

पौडेलले बाँकी दललाई पनि विश्वासको मत नदिन आग्रह गरे । ‘प्रधानमन्त्रीले सदनसमक्ष विश्वासको मत माग्नुभएको छ । तर जस्तो परिस्थितिमा, जस्तो पृष्ठभूमिबाट गुज्रिँदै उहाँ यो दिनमा आइपुग्नुभएको छ । र जसरी उहाँले विश्वासको मत मागिरहनुभएको छ । मलाई लाग्छ, उहाँलाई विश्वासको मत दिने कुनै आधार र कारण देखिएन,’ उनले भने, ‘यो सिंगो सदनमा विपक्षमा दृढतापूर्वक उभियोस् भन्ने हार्दिकतापूर्वक अनुरोध गर्न चाहन्छु ।’

पुस २६ मा पनि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएका थिए । त्यतबेला मतदानमा सहभागी २७० सांसदमध्ये प्रचण्डले २६८ मत पाएका थिए । विपक्षमा २ मत खसेको थियो ।

यसबीचमा एमाले र राप्रपाले सरकारबाट बाहिरिँदै सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले पुनः विश्वासको मत लिन लागेका हुन् ।

 

प्रकाशित मिति : ६ चैत्र २०७९, सोमबार  २ : ३६ बजे

न्याय सम्पादनमा बार र बेञ्चको महत्त्वपूर्ण भूमिका हुन्छ : प्रधानन्यायाधीश

दमौली । प्रधानन्यायाधीश डा मनोजकुमार शर्माले न्याय सम्पादनमा बार र

मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

काठमाडौँ । नेपाली कांग्रेस बागमती प्रदेशसभा संसदीय दलले मुख्यमन्त्री किरण

सभापति लामिछानेको चीन भ्रमण स्थगित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको

‘ध्वनि प्रदूषणले श्रवण क्षमता कमजोर हुन्छ’

बाँके । लामो समयसम्म मोबाइलमा गरिने कुराकानीले ध्वनि प्रदूषण हुँदा

विभिन्न स्थानबाट लागुऔषधसहित १६ जना पक्राउ

काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट