२८ जेष्ठ २०८३, बिहिबार | June 11, 2026

एमालेलाई माओवादीको प्रश्न- पहिलो दललाई पनि सहमतिमा लैजाऔँ भन्ने प्रधानमन्त्रीको प्रस्ताव गलत हो?



काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिमा राष्ट्रिय सहमतिको प्रस्ताव गरेर राम्रो गरेको र त्यसरी अगाडि बढ्न सकेको भए राम्रो हुने थियो भन्ने मत राखेको छ । प्रधानमन्त्री प्रचण्डले सोमबारको प्रतिनिधि सभा बैठकमा राखेको विश्वासको मत लिने प्रस्तावमा बोल्दै माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले राष्ट्रिय सहमतिको प्रस्तावको बचाउ गरेका हुन् ।

‘नेकपा एमालेसँग मेरो एउटा अनुरोध छ, यो सदनमा नेपाली कांग्रेस भन्ने पार्टी सदनको पहिलो पार्टी हो भन्ने कुरा तपाईंहरुले धरहराबाट हेर्नुपर्छ कि सगरमाथाबाट हेर्नुपर्छ? दोस्रो दललाई सहमति चाहियो, पहिलो दललाई समेत सहमति गरेर अगाडि बढौँ भन्ने प्रधानमन्त्रीले राखेको कुरा गलत थियो?,’ पौडेलले प्रश्न गरे ।

उनले इतिहासको कठघरामा उभिएर जवाफ दिन आफूहरु तयार रहेको बताए । उनले देशमा उपस्थित कतिपय चुनौतीहरुलाई भविष्यमा अगाडि बढ्नका निम्ति सहमति खोजिने तर्क गरे । उनले भने, ‘विगतका कुराको पुनरावृत्ति गरेर सहमतिको आवश्यकता थिएन, हुँदैन । इतिहासको सम्मान गर्ने हो । रक्षा गर्ने हो । तर गल्ती भएका कुरालाई सच्याएर अगाडि बढ्ने हो ।’

एमाले अध्यक्ष केपी शर्मा ओलीले पुस २५ गतेको प्रतिनिधि सभा बैठकमा प्रतिनिधि सभा विघटनको बचाउ गरेकोमा पनि पौडेल असन्तुष्ट सुनिए । दुई-दुई पटक गरिएको प्रतिनिधि सभा विघटनलाई सर्वोच्चले सच्याइदिएको भन्दै उनले त्यसलाई सदर गर्न यो प्रतिनिधि सभा नबनेको बताए । उनले भने, ‘यही कारणले परिस्थिति फरक पर्‍यो ।’

आफ्नो सम्बोधनका क्रममा एमाले उपाध्यक्ष विष्णु पौडेलले प्रचण्डको राष्ट्रिय सहमति एमाले नरहेको बताएका थिए । एमाले बिना राष्ट्रिय सहमति नहुने उनको भनाइ थियो ।

प्रकाशित मिति : ६ चैत्र २०७९, सोमबार  ३ : ०३ बजे

साढे तेह्र हजार सामुदायिक विद्यालयमा सयभन्दा कम विद्यार्थी, समायोजनका लागि सरकारको प्रोत्साहन

काठमाडौँ । सार्वजनिक शिक्षा सुधार अभियान र विद्यालय समायोजनका कार्यक्रम

बागमती किनारका सुकुम्बासी हटाउँदा कमजोरी भएको स्वीकार्दै गृहमन्त्री गुरुङद्वारा माफी

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले बागमती नदी किनारमा रहेका सुकुम्बासी

इराकस्थित अमेरिकी दूतावासद्वारा इराकमा रहेका अमेरिकी नागरिकलाई सतर्क रहन आग्रह

बगदाद । इराकस्थित अमेरिकी दूतावासले सुरक्षा चेतावनी जारी गर्दै इराकमा

प्रहरी हवल्दारमाथि धारिलो हतियार प्रहार

नेपालगन्ज । विद्यालयको जग्गा अतिक्रमण हटाउन गएको टोलिका एक प्रहरी

प्रधानमन्त्रीको सीमासम्बन्धी धारणा ‘क्रस बोर्डर अकुपेसन’सँग सम्बन्धित : परराष्ट्रमन्त्री

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन्द्र शाहले यही जेठ