३ पुस २०८२, बिहिबार | December 18, 2025

लुम्बिनीमा राष्ट्रिय मिडिया सम्मेलन-२०७९ सुरु, पत्रकारिताको भूमिका परिवर्तन गर्न सञ्चारमन्त्री शर्माको आग्रह



बुटवल । नेपाल पत्रकार महासंघको आयोजनामा शुक्रबार रुपन्देहीको लुम्बिनीमा राष्ट्रिय मिडिया सम्मेलन-२०७९ सुरु भएको छ । एक दिने राष्ट्रिय सम्मेलनमा मिडियासँग सम्बन्धित विभिन्न विषय तथा समस्याका बारेमा छलफल हुने छ ।

कार्यक्रमको उद्घाटनसत्रमा बोल्दै सञ्चारमन्त्री रेखा शर्माले पत्रकारिताको भूमिका परिवर्तन गर्न आग्रह गरेकी छन् ।  मुलुकको परिवर्तन, संविधान निर्माण लगायत सबै आन्दोलनहरुमा पत्रकारिताको छुट्टै भूमिका रहेको बताउँदै उनले अबको भूमिका फरक रहने उल्लेख गरिन् । अबको दिनमा भएका परिवर्तनले जनतालाई के दियो भन्ने विषयमा मिडिया चनाखो हुन आवश्यक रहेको उनले बताइन् । लामो समयसम्मको प्रयासमा पनि कानून बन्न नदिने र बनेका कानूनहरु पनि कार्यान्वयन हुन नदिने अवस्थाका बारेमा मिडियाले आवाज उठाउन आवश्यक रहेको उल्लेख गरिन् ।

यसैगरी मन्त्री शर्माले पत्रकारहरुको न्युनतम पारिश्रमिकको कार्यान्वयनका विषयमा सम्मेलनमा गम्भीर भएर छलफल गर्न सुझाब दिइन । न्युनतम पारिश्रमिक निर्धारण गरेर मात्रै नहुने बताउँदै मन्त्री शर्माले त्यसको कार्यान्वयनलाई जोड दिइन ।

महासंघका सल्लाहकार डा. महेन्द्र विष्टले मिडियाको अस्तित्व बचाउनकै लागि उपाय खोज्नु पर्ने स्थितीको सिर्जना भएको बताए । परम्परागत ढाँचाबाट मिडियालाई लामो समय धान्न सकिने अवस्था नभएको बताउँदै उनले सोही अनुसारको पुनःसंरचना आवश्यक रहेकोमा जोड दिए ।

महासंघका निवर्तमान अध्यक्ष तथा सल्लाहकार गोविन्द आचार्यले सबैले चाहना गर्ने हो भने सदस्यता सुद्धिकरण सम्भव भएको उल्लेख गरे । यसैगरी मिडियामा भएको श्रम समस्या र मिडियालाई कसरी माथी उठाउने भन्ने विषयमा गम्भीर भएर छलफल गर्न आवश्यक रहेको बताए । यसैगरी मिडियाका कानून, नीति र संरचना संघीयता अनुसार बनाइनु पर्ने उल्लेख गरे । मिडियाको दर्ता तथा नविकरण जस्ता सामान्य कुराका लागि पनि काठमाडौं धाउनु पर्ने बाध्यताको अन्त्य गरिनु पर्ने उनले बताए । अर्का सल्लाहकार निर्मला शर्मा सम्मेलनमा स्वतन्त्र प्रेसको रुपमा गम्भीर भएर छलफल गर्न आग्रह गरिन् । लुम्बिनी विश्वविद्यालयका रजिष्टार तिलक आचार्यले मिडिया सधै प्रतिपक्ष भएर काम गर्नु पर्ने भए पनि समृद्धि र शान्तिको पक्षमा मिडिया सत्तापक्ष बन्न आग्रह गरे ।

प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले नेपाल पत्रकार महासंघ सरकारीकरण हुँदै गएको भन्दै टिप्पणी गरे । महासंघले पत्रकार सम्बद्ध संगठनहरुलाई बेवास्ता गरेको भन्दै यदी त्यसो गरिए आफैलाई घातक हुने चेतावनी दिए । त्यसैगरी महासंघ खुट्टा नकमाइकन सुद्धिकरणमा लाग्न समेत उनले सुझाब दिए । सुद्धिकरणका लागि प्रेस चौतारी आवश्यक सहयोग गर्न तयार रहेको बताउँदै उनले कार्यान्वयनका लागि आग्रह गरे । फरक प्रसङ्गमा उनले विज्ञापन बोर्ड विज्ञापन एजेन्सीसँग दलाली गर्न लागेको आरोप लगाउँदै सुधारका लागि आग्रह गरे ।

प्रेस यूनियन नेपालका अध्यक्ष शिव लम्सालले आग्रह, पूर्वाग्रह रुपमा सुद्धिकरणमा लागेमा उक्त कुरा आफ्नो संगठनलाई सहिय नहुने उल्लेख गरे । सुद्धिकरणका लागि प्रेस काउन्सिल जस्तै छुट्टै संरचना बनाएर लाग्न उनले सुझाब दिए । प्रेस सेन्टर नेपालका अध्यक्ष विष्णु सापकोटा ‘जुगल’ले नयाँ ल्याउने भनिएको सञ्चार विधेयक विगतमा जस्तो छलफलमै सीमित नगराउन सरकारसँग आग्रह गरे । समाजवादी प्रेस संगठनका वरिष्ठ उपाध्यक्ष विश्वमणी सुवेदीले पत्रकारको नेतृत्व पत्रकारले नै छान्ने स्थितीको निर्माण गर्नुपर्नेमा जोड दिए ।

महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले कार्यक्रममा  सहभागीहरुलाई स्वागत गर्दै सम्मेलनमा सदस्यता सुद्धिकरण तथा आर्थिक संकटले मिडियामा देखिएको असर लगायतको विषयमा छलफल गरिने बताए । लुम्बिनी विकास कोषका उपाध्यक्ष शिक्षु मैत्तय तथा बुटवल उपमहानगरका प्रमुख खेलराज पाण्डेले कार्यक्रम सफलताको शुभकामना व्यक्त गरे । महासंघ अध्यक्ष विपुल पोखरेलको अध्यक्षतामा कार्यक्रम भएको छ ।

प्रकाशित मिति : १७ चैत्र २०७९, शुक्रबार  १२ : ५३ बजे

रवि र छवि विरुद्धको मुद्दामा आज पेसी

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालिन

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको

बुटवलमा आजदेखि १६ औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी सुरु हुने, अर्थमन्त्री खनालले उद्घाटन गर्ने

बुटवल । रुपन्देही उद्योग संघको आयोजनामा ‘समृद्ध नेपाल निर्माणको आधार,

यी हुन् एमाले महाधिवेशनमा मतदान नगर्ने ३६ प्रतिनिधि

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ

एमाले ११ औँ महाधिवेशन : बिहान ८ बजेदेखि मतगणना सुरु, साढे १० बजेसम्म नतिजा सार्वजनिक गर्ने तयारी

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत नयाँ