५ चैत्र २०८२, बिहिबार | March 19, 2026

आदर्श मावि खजुराको पूर्व विद्यार्थी भेला



खजुरा । बाँकेको खजुरास्थित आदर्श माध्यामिक विद्यालयको पूर्व विद्यार्थी भेला शनिबार सम्पन्न भएको छ । २०२९ सालमा स्थापित विद्यालयमा विभिन्न समयमा अध्ययन गरेका पूर्व विद्यार्थीहरुको सहभागिता रहेको भेलाले नयाँ बर्षको अवसर पारेर बैशाख ९ गते वृहद भेला तथा अन्तरक्रिया आयोजना गर्ने निर्णय गरेको छ ।

भेलामा बोल्दै विद्यालयका प्रधानाध्यापक राजेन्द्र सापकोटाले पूर्व विद्यार्थीहरु संगठित हुनु विद्यालयका लागि सकारात्मक रहेको भन्दै बढि भन्दा बढि विद्यार्थीलाई समाजमा समेटन सुझाव दिए ।

२०४५ सालमा प्रवेशिका उत्तिर्ण गरेका पूर्व विद्यार्थी बासुदेब तिवारीको अध्यक्षतामा भएको भेलामा पूर्व विद्यार्थीहरु विक्रम गिरी, निरज भट्ट लगायतले पुर्व विद्यार्थी समाजलाई बढिभन्दा बढि पूर्व विद्यार्थीको सहभागिता बनाई रचनात्मक काममा क्रियाशिल बन्नुपर्ने सुझाव दिए । भेलाले पुर्व विद्यार्थी गोविन्द शर्माको संयोजकत्वमा वृहद भेला तयारी समिति गठन गरेको छ ।

प्रकाशित मिति : १८ चैत्र २०७९, शनिबार  ७ : २१ बजे

नयाँ प्रधानमन्त्रीको शपथ चैत १३ गते

काठमाडौं । नयाँ प्रधानमन्त्रीको शपथ यही चैत १३ गते हुनेभएको

विमानस्थलबाट २८ हजार ९०० अमेरिकी डलरसहित तीन नेपाली पक्राउ

काठमाडौं । नेपाल प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट अमेरिकी डलर २८

स्वच्छ र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गरेकामा आयोगलाई धन्यवाद : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विशिष्ट परिस्थितिमा घोषणा भएको निर्वाचनलाई

सरकार गठनको छलफलमा जुटे रास्वपाका चार नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का शीर्ष नेताहरूले नयाँ

बुवा मजदुरी गर्न साउदी, नेपालमा छोरी सांसद

काठमाडौं । जनकपुरधाम उपमहानगरपालिका-१४ धनुषाकी रुबी कुमारीलाई सानैमा बिहेका प्रस्ताव