२० माघ २०८२, मंगलबार | February 3, 2026

अल्पमतमा परेका लुम्बिनीका मुख्यमन्त्रीले भने, ‘अल्पमत प्रमाणित भए एक मिनेट पनि सत्तामा बस्दिन’



दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले प्रदेशसभाबाट अल्पमत प्रमाणित भए तत्काल सरकार छाड्ने बताएका छन् । तुलसीपुर उपमहानगरपालिकाले आयोजना गरेको ‘तुलसी ट्रेड टावर’ सिलन्यास कार्याक्रममा पुगेका मुख्यमन्त्री गिरीले पत्रकारहरुको प्रश्नको जवाफ दिँदै अल्पमत प्रमाणित भए एक मिनेट पनि सत्तामा नबस्ने बताए ।

उनले आफ्नाबिरुद्ध प्रदेशसभामा अल्पमत प्रमाणित भइ नसकेको तर्क गर्दै प्रदेशसभामा अल्पमतमा परेको कुरा परीक्षण हुन बाँकी नै रहेको जिकिर गरे । ‘अल्पमत भन्ने कुरा प्रमाणित भइसकेको छैन,’ उनले भने ‘प्रमाणित भइ सकेपछि हामी एक मिनेटपनि सत्तामा रहने छैनौं ।’

मुख्यमन्त्री गिरीले आफु अल्पमतमा परिहालेपनि धारा १६८ (३) अनुसार ठुलो दलका हैसियतले एमालेकै नेतृत्वमा नयाँ सरकार गठन हुनु पर्ने बताए । ‘प्रदेश प्रमुख अमिक शेरचन कसरी अगाडि बढ्नु हुन्छ त्यो अलग कुरा हो,’ उनले भने ‘ तर, हाम्रो माग त्यसपछिको नयाँ सरकार धारा ३ अनुरुप गठन हुनुपर्छ भन्ने रहन्छ ।’ लुम्बिनी प्रदेशसभामा सबैभन्दा ठूलो पार्टी नेकपा एमाले हो । १६८(२) अनुसारको सरकारले प्रदेशसभाको विश्वासको मत प्राप्त गर्न नसक्दा १६८(३) अनुसार ठुलो दलका नेतालाई मुख्यमन्त्रीमा नियुक्त गर्नु पर्ने संबैधानिक व्यवस्था छ ।

गत चैत १२ गते नेपाली काँग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले संविधानको १६८ (२) बमोजिमको दाबी गर्दै ५३ जनाको सांसदको हस्ताक्षरसहित सरकार गठनका लागि दाबी पेश गरेका थिए । चौधरीको दाबीलाई गैर संबैधानिक रहेको कानुनबिदहरुले बताउँदै आएका छन् ।

केन्द्रमा बनेको नयाँ सत्ता समिकरण सँगै चैत १२ गते नै पुस २७ मा गिरी मुख्यमन्त्री बन्दा समर्थन गरका नेकपा माओबादी केन्द्रसहितका साना दलहरुले समर्थन फिर्ता लिइ सकेको हुँदा गिरी गणितिय हिसावले अल्पमतमा परि सकेका छन् ।

लुम्बिनी सरकारमा अहिले राप्रपा बाहेक एमालेलाई साथ दिएका सबैले समर्थन फिर्ता लिएको छ ।

 

प्रकाशित मिति : २० चैत्र २०७९, सोमबार  ५ : ४७ बजे

पोखरामा थुप्रियो फोहर, व्यवस्थापनमा चुनौती

गण्डकी । पर्यटकीय राजधानी पोखरामा केही दिनयता फोहर उठ्न सकेको

कांग्रेसले निर्वाचनका लागि प्रदेश-जिल्ला समेट्ने केन्द्रीय प्रतिनिधि खटायो

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सातै प्रदेशमा

जापानको सहयोगबाट नेपाल र नेपालीहरू अत्यन्त लाभान्वित भएका छन् : राष्ट्रपति पौडेल

टोकियो । राष्ट्रपति रामचन्द्र पौडेल र जापानका सम्राट नारुहितोबीच आज

देश जोगाउने दायित्व एमालेको काँधमा आएको छ : गोकर्ण विष्ट

बुटवल । नेकपा एमालेका उपाध्यक्ष तथा गुल्मी क्षेत्र नं. २

सुदुरपश्चिमका १६ वटै क्षेत्रमा सशस्त्रको ‘निर्वाचन सुरक्षा बेस’ स्थापना हुँदै

महेन्द्रनगर । आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै सशस्त्र