६ पुस २०८२, आइतबार | December 21, 2025

लुम्बिनी पीस ओपन हाफ् म्याराथनको तयारी पूरा, ६० जिल्लाका २ हजार १ सय जनाले गराए नाम दर्ता



बुटवल । शान्ति र संवृद्धिका लागि खेलकुद भन्ने मूल नारासहित बुद्ध जन्मस्थलमा हुने लुम्बिनी पीस हाफ् म्याराथन प्रतियोगिताको तयारी पूरा भएको छ । अन्तराष्ट्रिय खेलकुद दिवसको अवसरमा मदन भण्डारी स्पोर्टस एकेडेमीले बिहीबार चैत २३ गते प्रतियोगिता आयोजना गरेको हो ।

देशभरका २ हजार ५ सय खेलाडी म्याराथनमा उत्रने अध्यक्ष ध्रुव आचार्यले बताए । अहिलेसम्म ६० जिल्लाका २ हजार १ सय जनाले नाम दर्ता गराएका छन् । आचार्यका अनुसार प्रतियोगितामा महिला र पुरुष दुवैको छुट्टाछुट्टै प्रतियोगिता हुने छ ।

बुद्ध जन्मस्थलमा रहेको शान्ति दीपमा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले दीप बालेपछि त्यही दीपसहित खेलाडीहरु म्याराथनमा उत्रनेछन् । मायादेवी प्रवेशद्धारबाट सुरु भएको म्याराथन पर्साचौकबाट पुन महिलबार हुदै २ फन्का लगाएर २१ किलोमिटरको दुरी पार गर्ने छ । म्याराथनको तयारी पूरा भएको अध्यक्ष आचार्यले बताए ।

प्रतियोगितामा पुरुषतर्फ पहिलो हुनेलाई १ लाख ५० हजार, दोस्रोलाई ७५ र, तेस्रोलाई ५० हजार रुपैया“ नगद पुरस्कार दिइने छ । महिलातर्फ पहिलो हुनेलाई १ लाख ५१ हजार, दोस्रोलाई ७५ हजार, र तेश्रो हुनेलाई ५० हजार रुपैया दिइने छ । दुवै विधामा दशौंसम्मका लागि नगद पुरस्कार राशीसंगै प्रमाणपत्र तथा मेडल प्रदान गरिनेछ ।

यसैसन्दर्भमा मंगलबार म्याराथनका लागि खट्ने स्वयमसेवकहरुको बैठकसमेत लुम्बिनीमा सम्पन्न भएको छ । कार्यक्रमलाई सभ्य र भब्य बनाउनेगरी सबै तयारी गरिएको अध्यक्ष आचार्यले बताए ।

प्रकाशित मिति : २१ चैत्र २०७९, मंगलबार  ९ : ४८ बजे

विराटनगरमा नोबेल अस्पतालको पाँचौं तलाबाट खस्दा इन्टर्न डाक्टरको मृत्यु

विराटनगर । विराटनगरस्थित नोबेल मेडिकल कलेजको भवनबाट खसेर एक जना

आहा! आलिताल

डडेल्धुरा । पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण आलितालको पर्यटन प्रवर्द्धन गर्न काम

डा. बाबुराम भट्टराई भारत भ्रमणमा जाँदै

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आइतबार पुस ६ गते

कालीगण्डकी करिडोर : तातोपानी-घाँसा खण्ड स्तरोन्नति

म्याग्दी । चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर,

यू-१९ एसिया कपको फाइनलमा आज भारत-पाकिस्तान भिडन्त

काठमाडौं । दुवईमा जारी यू-१९ एसिया कप क्रिकेट प्रतियोगिताको फाइनलमा