५ पुस २०८२, शनिबार | December 20, 2025

लुम्बिनीमा एकै दिन २ वटा मेघा म्याराथन हुँदै



बुटवल । लुम्बिनीमा एकैदिन २ वटा अन्तरराष्ट्रिय स्तरका म्याराथन प्रतियोगिता हुने भएको छ । अन्तर्राष्ट्रिय खेलकूद दिवसको अवसर पारेर मदन भण्डारी स्पोर्टस एकेडेमी सहित नेपाल ओलम्पिक कमिटी र लुम्बिनी प्रदेश खेलकुद परिषदले म्याराथन प्रतियोगगिता गर्ने भएका हुन् । एकेडेमीले लुम्बिनी पीस हाफ् म्याराथन प्रतियोगिताको आयोजना गरेको छ भने ओलम्पिक कमिटीले अन्तर्राष्ट्रिय पीस म्याराथन-२०२३ को आयोजना गर्ने भएको हो ।

लुम्बिनी प्रदेश खेलकूद परिषद र नेपाल ओलम्पिक कमिटीले आज बुटवलमा पत्रकार सम्मेलन गर्दै दुबै संस्थाको संयुक्त आयोजनामा शान्तिको कामना गर्दै प्रतियोगिताको आयोजना गरिएको ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठले जानकारी दिए ।

खेलकूदको माध्यमबाट लुम्बिनीको प्रवर्द्धनमा टेवा गुग्ने लक्ष्यसहित २०७ राष्ट्रका खेलाडीलाई निमन्त्रणा गरिएको उनले बताए । निमन्त्रणा गरिएका सबै देशबाट सहभागी भएमा हालसम्मकै ठूलो म्याराथन हुने श्रेष्ठको दाबी छ । महासचिव श्रेष्ठका अनुसार कपिलवस्तुको तिलौराकोट दरबारबाट विहिबार विहान ७ बजे म्याराथन सुरु भई लुम्बिनीको शान्ती दीपमा आएर समापन हुने छ ।

प्रतियोगितामा नेपालको विभागीय टिम सहित विभिन्न देशका ५० बढी धावक सहभागी हुने अपेक्षा गरिएको उनले बताए । यो वर्षको प्रतियोगिता समापनसँगै २०७ राष्ट्रका ओलम्पिक कमिटीलाई अर्को वर्षको प्रतियोगिताका लागि समेत निमन्त्रणा गरिने छ । विशेष गरि वुद्धिजम मान्ने देशहरुलाई लक्षित गरि ती देशहरुलाई निमन्त्रण गरिने श्रेष्ठले बताए ।

प्रतियोगितामा प्रथम पुरस्कार १ लाख, द्वितीय पुरस्कार ५० हजार र तृतीय हुनेलाई २५ हजार नगद राशी प्रदान गरिने लुम्बिनी खेलकूद परिषदका सदस्य सचिव जयप्रकाश भट्टराईले जानकारी दिए । यसैगरी उत्कृष्ट १० औं स्थानसम्म आउनेलाई पुरस्कारको व्यवस्था गरिएको पनि उनले बताए ।

पुरस्कारका लागि मात्रै ४ लाख २४ हजार खर्च अनुमान गरिएको प्रतियोगिता सफल पार्न ४० लाख खर्च अनुमान गरिएको छ ।

प्रकाशित मिति : २२ चैत्र २०७९, बुधबार  १२ : २१ बजे

केपीलाई ईश्वरको प्रष्ट सन्देशः ‘विभाजन स्वीकार्य छैन, आत्मसमर्पण पनि हुँदैन’

काठमाडौं । नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीभित्र विभाजन अस्वीकार्य

रविको चेतावनी – ‘जेनजी विद्रोहलाई जिस्काउने वा चलाउने प्रयास नगर्नु’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेले

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश