१४ बैशाख २०८३, सोमबार | April 27, 2026

आईपीएल : कोलकताको पहिलो जित, बैंगलोर ८१ रनले पराजित



काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा कोलकाता नाइट राइडर्सले पहिलो जित हासिल गरेको छ । बिहीबार राति भएको खेलमा कोलकताले रोयल च्यालेन्ज बैंगलोरलाई ८१ रनले हरायो ।

इडन गार्डन मैदानमा पहिले ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ७ विकेट गुमाउँदै २०४ रन बनायो । २०५ रनको विजयी लक्ष्य पछ्याएर ब्याटिङ थालेको बैंगलोर १७.४ ओभरमा १२३ रनमा अलआउट भयो ।

बैंगलोरलाई सस्तैमा समेट्ने क्रममा वरुण चक्रवर्तीले ४ विकेट लिए। यस्तै, सुयास शर्माले ३, सुनिल नारिनेले २ र सार्दुल ठाकुरले १ विकेट लिए । बैंगलोरका कप्तान फाफ डुप्लेसीले बनाएको २३ रनको योगफल नै सर्वाधिक रह्यो । विराट कोहली २१ रनमा आउट भए ।

कोलकाताका शार्दुल ठाकुरले ६८ रन बनाए । रहमानुल्लाह गुरबाजले ५७ रन बनाए भने रिंकु सिंहले ४६ रन बनाए । बैंगलोरका कर्न शर्मा र डेभिड विल्लेले समान २-२ विकेट लिए । यस्तै, मोहम्मद सिराज, मिचेल ब्रेसवेल र हर्सल पटेलले समान १–१ विकेट लिए ।

२ खेलमा पहिलो जित निकालेको कोलकाता २ अंकका साथ तालिकाको तेस्रो स्थानमा छ । बैंगलोर भने २ अंकका साथ ७औं स्थानमा छ ।

प्रकाशित मिति : २४ चैत्र २०७९, शुक्रबार  ७ : १८ बजे

सर्लाहीको लालबन्दीमा बँदेलको आक्रमणबाट एक जनाको मृत्यु

बरहथवा । जङ्गली बँदेलको आक्रमणबाट सर्लाहीको लालबन्दीमा एक पुरुषको मृत्यु

खाली गराइएको सुकुम्बासी बस्ती क्षेत्रमा तारबार गर्न कार्यबहाक मेयर डंगोलको निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलले सुकुम्बासी बस्ती

सात वर्षीय बालकले राखे थोरङ्लापास पारको कीर्तिमान

पोखरा ।  ‘हिमालले उमेर सोध्दैन, केवल साहस र दृढ इच्छाशक्ति

दाउन्नेको पूर्वी खण्डमा एकतर्फी ढलानको काम अन्तिम चरणमा

नवलपरासी । नारायणगढ–बुटवल सडक विस्तार आयोजनाअन्तर्गत नवलपुरको पूर्वी खण्डको दाउन्ने

६५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत् आयोजना निर्माण सुरु

म्याग्दी । धवलागिरि गाउँपालिका–४ बगरमा ६५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत्