३२ असार २०८३, बिहिबार | July 16, 2026

काठमाडौंका मेयर बालेनको अभिव्यक्तिप्रति एमाले महासचिव पोखरेलको आपत्ति



काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको पछिल्लो अभिव्यक्तिप्रति नेकपा एमालेका महासचिव शंकर पोखरेलले आपत्ति जनाएका छन् ।

सामाजिक सञ्जालमार्फत नेताहरुलाई लक्षित गर्दै मेयर बालेनले अभिव्यक्ति दिएपछि महासचिव पोखरेलले पनि ट्वीटरमार्फतै आपत्ति जनाएका हुन् । शनिबार ट्वीट गर्दै पोखरेलले बालेनको अभिव्यक्तिले समाजलाई अराजकतातर्फ लैजाने प्रयास भइरहेको संकेत गरेको जिकिर गरेका छन् ।

त्यसअघि शनिबार बिहान मात्रै मेयर बालेनले सिंहदरबारको फोहोर नउठाउने भन्दै सामाजिक सञ्जालमा नेताहरुलाई सिसडोलमा डम्प गर्नुपर्ने अभिव्यक्ति सार्वजनिक गरेका थिए ।

एमाले महासचिव पोखरेलले जिम्मेवारी सम्हालेर बसेका व्यक्ति जिम्मेवार र जवाफदेही बन्नुपर्ने बताएका छन् । उनले लेखेका छन्, ‘मेयर बालेनको अभिव्यक्तिले नेपाली समाजलाई चरम अराजकतातिर लैजाने नियोजित प्रयास भइरहेको संकेत गर्दछ। जिम्मेवारीमा बसेपछि जिम्मेवार र जवाफदेही बन्नै पर्दछ,’ उनले लेखेका छन्।

 

प्रकाशित मिति : २५ चैत्र २०७९, शनिबार  २ : ०२ बजे

मुस्ताङको लेतेमा भन्सार छलीका अवैध सामान बरामद

मुस्ताङ । मुस्ताङ प्रहरीले भन्सार छली गरी पोखरातर्फ लैजाँदै गरिएको

आठ करोडको लगानीमा चिया उद्योग सञ्चालन : अर्गानिक अर्थोडक्स’ अन्तरराष्ट्रिय बजारमा

इलाम । इलामको जस्बिरे चिया प्रशोधन उद्योगले पछिल्लो समय आफ्नो

रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती

लमजुङ । लमजुङका धेरै ग्रामीण बस्ती अहिले सुनसान बन्दै गएका

म्याग्दीका वनमा ‘रिचार्ज’ पोखरी

म्याग्दी । यस वर्ष म्याग्दीका छ वटा सामुदायिक वनमा ‘रिचार्ज’

नवलपुरमा आधुनिक सदरमुकाम निर्माण हुँदै

नवलपुर । देशकै कान्छो जिल्ला नवलपुरमा निर्माणाधीन नमूना जिल्ला सदरमुकामको