३१ असार २०८३, बुधबार | July 15, 2026

दुर्घटनामा छोरीको मृत्यु, बुबा घाइते



सप्तरी । सप्तरीको खडक नगरपालिका–७ कल्याणपुर बजारमा गए राति मोटरसाइल दुर्घटना हुँदा छोरीको मृत्यु भएको छ भने बुबा घाइते भएका छन् ।

पूर्व–पश्चिम राजमार्गस्थित कल्याणपुर बजारमा को१५प १९१ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा त्यसमा सवार उदयपुरको त्रियुगा नगरपालिका–९ बगाहा टोलकी १० वर्षीया एञ्जिला बस्नेतको मृत्यु भएको हो । मोटरसाइकल चालक मृतकका बुबा ३६ वर्षीय ध्रुव बस्नेत घाइते भएका छन् ।

घाइते एञ्जिलाको छिन्नमस्ता अस्पताल, राजविराजमा उपचारका क्रममा गए राति मृत्यु भएको प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए । घाइते ध्रुवको उपचार भइरहेको छ ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा३च ५२९३ नम्बरको कारले विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय कल्याणपुरले कारका चालकलाई नियन्त्रणमा लिएको छ । -रासस

प्रकाशित मिति : २७ चैत्र २०७९, सोमबार  ८ : ४४ बजे

कर्णाली सरकारबाट कांग्रेस बाहिरियो, मुख्यमन्त्री कडेल संकटमा

काठमाडौं । कर्णाली प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका चारै जना

सिंहदरबार दक्षिण गेटमा विद्यार्थीको प्रदर्शन

काठमाडौं । नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुले सिंहदरबारको दक्षिण

बागमती नदीको कटानले टौदहका बस्ती जोखिममा

कीर्तिपुर । बागमती नदीको कटानले टौदहपूर्वका केही घर परेका छन्

‘राज्यले नागरिकलाई आतंकित बनाएको’मा रास्वपा नेता मनिष झाको आपत्ति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता मनिष झाले सञ्चार

अविरल वर्षाको असर मौरीपालनमा : रत्ननगरमा चरन क्षेत्रका मौरीघार बगायो

नारायणगढ । अविरल वर्षापछि आएको बाढीका कारण चितवनको रत्ननगर क्षेत्रमा