१ पुस २०८२, मंगलबार | December 17, 2025

बुटवलबाट ब्यापारीको विस्थापन रोक्न शेरचनले घटाए घरभाडा



बुटवल । बुटवलका मुख्य बजार क्षेत्रमा धमाधम सटर खाली हुन थालेपछि घरधनीहरुको ध्यानाकर्षण हुन थालेको छ । महङ्गो घर भाडा र खस्कँदो व्यवसायका कारण धमाधम ब्यापारीहरु विस्थापित हुन थालेपछि पछिल्लो समय बुटवलको मुख्य बजार अमरपथ लाईनमा मात्र २ दर्जन बढी सटर खाली भइसकेका छन् ।

धमाधम ब्यापारीहरु विस्थापित हुन थालेपछि मुख्य बजार क्षेत्रका घरधनी मृगेन्द्र कुमार शेरचनले घरबहालमा १५ देखि २० प्रतिसत छुट दिएर व्यापारीहरुको बिस्थापन रोक्ने सुरुवात गरेका छन् । आर्थिक मन्दीका कारण ब्यवसायीहरु मारमा परिरहेको बेला शेरचनले आफनो घरको सम्पूर्ण सटरभाडामा व्यवसाय गर्ने ब्यवसायीहरुलाई १५ देखि २० प्रतिशत सम्म छुट दिने घोषणा गरेका छन् ।

पछिल्लो समय ब्यापार ब्यवसायमा कमी भएका कारण बहाल बुझाउन असहज भएको अवस्थालाई मध्यनजर गर्दै ब्यवसायीहरुलाई राहत स्वरुप बहालमा १५ देखि २० प्रतिशत २० छुट गरिएको घरधनी शेरचनले बताए । उनले हाललाई एक बर्षका लागी छुट दिईएको र अवस्था हेरी यसलाई निरन्तर गरिने पनि बताए । उनले व्यवसायीहरु धमाधम विस्थापित हुँदा पनि उएदोग बाणिज्य संघ र उपमहानगरपालिकाले ठोस पहल नगरेको गुनासो गर्दै त्यस्ता संघ संस्थाहरुले घरधनीहरुसंग समन्वय गरेर बजार टिकाउने उपाय खोज्नुपर्ने सुझाव दिए ।

शेरचनले बिगत कोरोना महामारीको समयमा पनि ३ महिना घरभाडा मिनाहा गरेका थिए । शेरचनकोमात्र अमरपथ लाईनमा दर्जन बढी ब्यवसायिक सटरहरु संचालनमा छन् ।

आर्थिक मन्दी र राजधानीको स्थानान्तर पछि बुटवलका अधिकांस व्यवसायीहरु विस्थापित भएका छन् । त्यसैका कारण मुख्य बजार क्षेत्रमा ठुलो संख्यामा सटर खाली भइसकेका छन् । राजधानी स्थानान्तर पछि बुटवलमा भाडामा लागेका धेरै फ्ल्याटहरु पनि खाली हुन पुगेका छन् । भाडामा दिनकै लागि बैंकबाट ऋण लिएर घर बनाएका घरधनीहरुको घर खाली हुँदा ठुलो समस्या उत्पन्न भएको एक घरधनीले बताए ।

प्रकाशित मिति : २७ चैत्र २०७९, सोमबार  ३ : १२ बजे

अदालतको आदेश अलपत्र परेपछि सहकारी पीडितहरु आमरण तथा रिले अनशनमा

नेपालगन्ज । सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगन्जका बचतकर्ताहरुले अदालतको आदेश

नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम

नेपालगन्ज । शेयर बजारका लगानीकर्ताका लागि यहाँ शेयर साक्षरता सुरु

निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्यो : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग नेपालका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले

एमाले मतदान पटक पटक सारिँदै, भोलि ८ बजे मतदान सुरु हुने

काठमाडौं । एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया

योजना आयोगका नवनियुक्त उपाध्यक्षबाट प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष