४ पुस २०८२, शुक्रबार | December 20, 2025

एसिसी प्रिमियर कप सुरु : नेपालले मलेसियाविरुद्ध बलिङ गर्दै



काठमाडौं । एसिसी प्रिमियर कपको पहिलो खेलमा नेपालले मलेसियाविरुद्ध पहिले बलिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट खेल मैदानमा हुने खेलका लागि भएको टस जितेर मलेसियाले ब्याटिङको निर्णय गर्दै घरेलु टिमलाई फिल्डिङको निम्तो दिएको हो ।

नेपालले घरेलु मैदानमा सम्पन्न आईसीसी विश्वकप क्रिकेट लिग-२ का आठ खेलमा शतप्रतिशत जित निकालेको थियो । मलेसियाविरुद्ध मैदान उत्रिँदा नेपाल सोही लय कायम राख्ने लक्ष्यमा हुनेछ । नेपाल एकदिवसीय क्रिकेटमा पछिल्लो १२ खेलमध्ये एक खेलमा मात्र पराजित भएको छ ।

यसै वर्ष पाकिस्तानमा हुने तालिका रहेको एसिया कपको छनोट प्रतियोगिताको रुपमा रहेको प्रिमियर कपमा कुल १० टिम सहभागी छन् । सहभागी टिमलाई एक समूहमा पाँच टिम रहने गरी दुई समूहमा विभाजन गरिएको छ ।

नेपालसँगै समूह ‘ए’ मा ओमान, मलेसिया, साउदी अरेबिया र कतार छन् । यस्तै, समूह ‘बी’ मा युनाइटेड अरब इमिरेट्स (यूएई), हङकङ, कुवेत, सिंगापुर र बहराइन छन् । प्रतियोगिताको विजेताले एसिया कपका स्थान बनाउनेछ ।

आज प्रतियोगितामा दुई खेल हुने तालिका छ । त्रिवि क्रिकेट मैदानमा नेपाल र मलेसियाबीच प्रतिस्पर्धा हुँदा मुलपानी क्रिकेट रंगशालामा समूह ‘बी’का हङकङ र सिंगापुरबीच प्रतिस्पर्धा हुनेछ । यो खेल पनि बिहान ९ः३० बजेदेखि नै सुरु हुनेछ ।

प्रकाशित मिति : ५ बैशाख २०८०, मंगलबार  ९ : १२ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको