३० भदौ २०८३, मंगलबार | September 15, 2026

आईपीएल : मुम्बईको तेस्रो जित



काठमाडौं । जारी इन्डियन प्रिमियर लिग (आईपीएल) मा मुम्बई इन्डियन्सले तेस्रो जित निकालेको छ । मुम्बईले मंगलबार सम्पन्न खेलमा सनराइजर्स हैदराबादविरुद्ध १४ रनको जित दर्ता गरेको हो ।

राजीव गान्धी अन्तराष्ट्रिय रंगशालामा सम्पन्न खेलमा मुम्बईले प्रस्तुत गरेको १९३ रनको लक्ष्य पछ्याएको हैदराबादले १९.५ ओभरमा सबै विकेट गुमाएर १७८ रनमात्र बनाउन सक्यो ।

हैदरबादका मयंक अग्रवालले ४८ रन बनाए । हेनरिक क्लासेनले ३६, कप्तान आइदेन मार्करमले २२, मार्को जान्सेनले १३ र वासिंटन सुन्दरले १० रन जोडे । मुम्बईका पियुस चावला, रिले मेरेडिथ र जासोन बेहरनडोर्फले समान दुई विकेट लिए । यस्तै, अर्जुन तेन्दुल्कर र क्यामरुन ग्रिनले समान एक विकेट लिए ।

त्यसअघि टस हारेपछि ब्याटिङमा आएको मुम्बईले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १९२ रनको योगफल खडा गरेको थियो । मुम्बईका क्यामरुन ग्रिनले ६४ रन बनाए । ग्रिनले ४० बलमा ६ चौका र दुई छक्का प्रहार गरे । इशान किशनले ३८, तिलक वमाएले ३७, कप्तान रोहित शर्माले २८ र टिम डेविडले १६ रन बनाए ।

हैदराबादका मार्को जान्सेनले दुई विकेट लिए । भुवनेश्वर कुमार र टी नटराजनले एक-एक विकेट लिए । जितसँगै तीन खेलबाट ६ अंक जोडेको मुम्बई तालिकाको छैटौं स्थानमा उक्लिएको छ । समान खेलबाट चार अंक जोडेको हैदराबाद तालिकाको नवौं स्थानमा छ ।

प्रकाशित मिति : ६ बैशाख २०८०, बुधबार  ७ : ०९ बजे

रुपन्देहीमा १ थान पेस्तोलसहित २ जना पक्राउ

बुटवल । रुपन्देहीमा १ थान पेस्तोलसहित २ जना पक्राउ परेका

क्यासिनोमा जुवा खेल्दै गर्दा पक्राउ परेका गाउँपालिका अध्यक्ष र प्रहरी निरीक्षक धरौटीमा छुटे

वीरगञ्ज । वीरगञ्जस्थित गोल्डेन फिंगर गेमिङ जोन (क्यासिनो)मा प्रहरीले गरेको

मेलाबाट उठेको रकम पर्यटनमा लगानी

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-१ मा रहेको मणिबराही युवा क्लबले

यसपटक तीजमा बजेनन्, मादल र बाँसुरी

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका-७ खर्चवामा बर्सेनि तीजको समयमा मादल

दूध उत्पादन बढाउन अनुदान

तनहुँ । तनहुँमा दूध उत्पादनमा संलग्न किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले