२० माघ २०८२, मंगलबार | February 3, 2026

रुपन्देही होटल तथा रेष्टुरेन्ट व्यवसायी संघको पद हस्तान्तरण कार्यक्रम सम्पन्न



बुटवल । रुपन्देही होटल तथा रेष्टुरेन्ट व्यवसायी संघको २२ औ साधारण सभा तथा ११ औ अधिवेशनबाट नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुको पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।

संघका अध्यक्ष राम प्रसाद गौतमले नवनिर्वाचित अध्यक्ष लेखनाथ भण्डारी तथा महासचिव माधव कुमार खनालले नवनिर्वाचित महासचिव अर्जुन थापालाई माइन्युड हस्तान्तरण गरि पद हस्तान्तरण गरिएको हो ।

कार्यक्रमको एक समारोहका बिच लुम्बिनी प्रदेशका उद्योग पर्यटन तथा यातायात मन्त्री जानकी प्रसाद यादवले पर्यटनको मेरुदण्ड सेवामुलक उद्योग भएको बताए । सरकारबाट पर्यटकिय क्षेत्रको संरक्षण, विकास र प्रवद्र्धनका कार्यक्रम चलाउने र त्यसमा टेवा दिने काम सेवा उद्योगीहरुको हातमा रहने बताए ।

बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डे हरेक क्षेत्रको विकासका लागि सहमती, सहकार्य र एकता जरुरी रहेको भन्दै पर्यटनको विकास र विस्तारका लागि कार्य योजना बनाएर अगाडी बढन आह्वान गरे ।

होटल व्यवसायी महासंघ नेपालका संस्थापक अध्यक्ष माधव नेपाल,निवर्तमान अध्यक्ष हिराध्वज शाहले पर्यटनको विकास विना मुलुकमा आर्थिक सम्वृद्धी हुनै नसकने धारणा राखे । उनहरुले पर्यटन व्यवसायीले गरेको लगानीको सुरक्षाका लागि राज्य गम्भिर हुन पनि माग गरे ।

इलाका प्रहरी कार्यालयका प्रनाउ दान बहादुर थापा, पश्चिम नेपाल बस व्यवसायी प्राली अध्यक्ष दधिराम खरेल, संघका निवर्तमान वरिष्ठ उपाध्यक्ष वाबुराम गौतमले सेवा उद्योगमार्फत प्रवर्द्घन गर्ने गरि नितिगत योजनामा जोड दिनुपर्ने सुझाव दिए । संघमा अधिवेशनबाट अध्यक्ष लेखनाथ भण्डारीको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष माधव खनाल पर्यटन उपाध्यक्ष रोमाकान्त पाण्डे, प्रथम उपाध्यक्ष टेक प्रसाद पराजुली, द्घितिय उपाध्यक्ष प्रेम प्रसाद भट्टराई, महासचिव अर्जुन थापा, कोषाध्यक्ष राम बहादुर न्यौपाने, सचिव थमन बहादुर भण्डारी, सहसचिव अर्जुन पोखरेल, सहकोषाध्यक्ष माधव ढकाल, सदस्य एक बहादुर गाहामगर, केशवराज पाण्डे, एकादेव पाण्डे, कमला पाण्डे, दामोदर पौडेल, धनकुमारी शर्मा, नारायण प्रसाद श्रेष्ठ बाबुराम अर्याल, सुन्दर कुमार श्रेष्ठ, मुरारी पाण्डे, सीता ढकाल निर्वाचित भएका छन ।

प्रकाशित मिति : ७ बैशाख २०८०, बिहिबार  ६ : २१ बजे

समानुपातिकतर्फको अन्तिम बन्दसूची सार्वजनिक, ३१३५ उम्मेदवार कायम

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा

पोखरामा थुप्रियो फोहर, व्यवस्थापनमा चुनौती

गण्डकी । पर्यटकीय राजधानी पोखरामा केही दिनयता फोहर उठ्न सकेको

कांग्रेसले निर्वाचनका लागि प्रदेश-जिल्ला समेट्ने केन्द्रीय प्रतिनिधि खटायो

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सातै प्रदेशमा

जापानको सहयोगबाट नेपाल र नेपालीहरू अत्यन्त लाभान्वित भएका छन् : राष्ट्रपति पौडेल

टोकियो । राष्ट्रपति रामचन्द्र पौडेल र जापानका सम्राट नारुहितोबीच आज

देश जोगाउने दायित्व एमालेको काँधमा आएको छ : गोकर्ण विष्ट

बुटवल । नेकपा एमालेका उपाध्यक्ष तथा गुल्मी क्षेत्र नं. २