७ आश्विन २०८३, बुधबार | September 23, 2026

शोषण र गरिबीको अन्त्य गर्न कम्युनिष्ट पार्टी स्थापना गरिएको हो : माधव नेपाल



काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा शोषण र गरिबीको अन्त्य गर्न विसं २००६ मा कम्युनिष्ट पार्टी स्थापना गरिएको बताएका छन् ।

पार्टी निकट युवा सङ्घ नेपालको सहकारी विभागले कम्युनिष्ट पार्टीको ७४औँ स्थापना दिवसका अवसरमा आयोजना गरेको ‘सहकारीको वर्तमान अवस्था र चुनौती’ विषयक विचार गोष्ठीमा अध्यक्ष नेपालले जनतालाई अधिकार सम्पन्न बनाउन स्थापित कम्युनिष्ट पार्टी देशमा भएका सबै आन्दोलनमा क्रियाशील रहेको बताए ।

युवालाई सिर्जनात्मक कार्य तथा उत्पादनमा जोड्न सकेमा देश विकास र जनताको समृद्धि कायम हुने उनले बताए । विश्व अर्थतन्त्रमा असर देखा परेको अहिलेको परिस्थितिमा त्यसको असर नेपाली अर्थतन्त्रमा पनि पर्ने चुनौती रहेको उनको भनाइ थियो । सहकारी क्षेत्र सहभागितामूलक लोकतन्त्रको एउटा रुप भएको जनाउँदै उनले सहकारीले आममानिसको हितमा काम गर्नुपर्नेमा जोड दिए ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले यसले मिश्रित अर्थतन्त्रका मान्यताअनुरूप सहकारी, निजी र राज्य सम्मिलित तीन खम्बे अर्थतन्त्रलाई संविधानले पनि अगाडि सारेको बताउँदै आर्थिक सङ्कटको न्यूनीकरण गर्न समाजमा छरिएका ससाना पुँजीलाई एकीकृत गरी ठूलो लगानीका लागि सहकारीले वातावरण निर्माण गर्नुपर्ने विचार व्यक्त गरे । सन् १९३० मा भएको विश्व आर्थिक मन्दी समाधानमा सहकारी क्षेत्रको उल्लेखनीय भूमिका रहेको उनको भनाइ थियो ।

सङ्घका इञ्चार्ज दिलु पन्तले सहकारी क्षेत्रले ग्रामीण भेगका किसानलाई लक्षित गरी आर्थिक गतिविधि सञ्चालनका माध्यमबाट सामाजिक रुपान्तरणमा योगदान गर्नुपर्ने बताए ।

विज्ञ कृष्ण आचार्य, सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री नरेश शाही, सहकारी विभाग प्रमुख उर्मिला कुँवर, सङ्घका नेता समिप त्रिपाठीलगायतले सहकारीले उद्यमशीलता विकास गर्न लगानी बढाउनुपर्ने भन्दै सरकारले हालै सार्वजनिक गरेको न्यूनतम साझा कार्यक्रममा समेत यसलाई सम्बोधन गरिएको बताए ।

प्रकाशित मिति : ९ बैशाख २०८०, शनिबार  ३ : १९ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११