६ माघ २०८२, मंगलबार | January 20, 2026

नेपालमा उत्पादित सवारीसाधन दर्ता गर्नेगरी प्रक्रियाअघि बढाउन प्रधानमन्त्रीको निर्देशन



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्वदेशमा उत्पादित सवारीसाधन दर्ता एवं प्रवर्द्धन गर्नेगरी तत्काल कानुनी प्रक्रिया अघि बढाउन निर्देशन दिएका छन् ।

नेपालमा उत्पादित यात्रीसहित सवारीसाधन दर्ता गर्न सरकारले नमाने र ट्राफिक प्रहरीले दुःख दिएकाले आन्दोलन गर्नुपर्ने र यस आन्दोलनको नेतृत्व आफूले लिन तयार रहेको महावीर पुनःले सामाजिक सञ्जालमार्फत बताएपछि प्रधानमन्त्री प्रचण्डको सो निर्देशन आएको हो ।

प्रधानमन्त्री प्रचण्डले ‘यात्री’ लगायत नेपालमा उत्पादित सवारीसाधन दर्ता नभएको भन्ने गुनासोलाई गम्भीरतापूर्वक लिएको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले यस विषयलाई गम्भीरतापूर्वक लिएको र स्वदेशी उत्पादन सवारीसाधन दर्ता तथा प्रवर्द्धनका लागि तत्काल कानुनी प्रक्रियाअघि बढाउन मुख्यसचिवमार्फत् सम्बन्धित् पक्षलाई निर्देशन दिएको बताएका हुन् ।

‘‘यात्री’ लगायत नेपालमा उत्पादित सवारी साधन दर्ता नभएको भन्ने गुनासोलाई गम्भीरतापूर्वक लिएको छु । सवारी साधन दर्ता एवं स्वदेशी उत्पादनलाई प्रवर्धन गर्नेगरि तत्काल कानुनी प्रबन्धको प्रक्रिया अगाडि बढाउन नेपाल सरकारका मुख्यसचिवमार्फत् सम्बन्धित निकायलाई निर्देशित गरेको छु,’ प्रधानमन्त्री प्रचण्डले भनेका छन् ।

प्रकाशित मिति : १० बैशाख २०८०, आइतबार  २ : ३७ बजे

देउवाको क्षेत्र डडेलधुराबाट कांग्रेसले नैनसिंह महरलाई बनायो उम्मेदवार

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आगामी

मनोनयनको दिनलाई ओलीको सन्देश- ‘भत्किएका सपना आजबाट फेरि जगाउँदै सुन्दर भविष्यको यात्रा सुरु’

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवारी मनोनयनको

एमालेले पाल्पा-२ मा ठाकुर गैरेलाई दियो टिकट

काठमाडौं । नेकपा एमालेले पाल्पा क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा

नारायणी नदी आसपासका क्षेत्रमा ४२ प्रजातिका चरा भेटिए

नवलपरासी । यस वर्षको जलपक्षी गणनाका क्रममा नारायणी नदी क्षेत्रमा

रुपन्देहीका पाँचवटै निर्वाचन क्षेत्रमा मनोनयन दर्ताको समय निर्धारण

बुटवल । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आज