८ जेष्ठ २०८३, शुक्रबार | May 22, 2026

लुम्बिनीका मुख्यमन्त्रीले पाएनन विश्वासको मत, एमाले नेतृत्वको तेस्रो सरकार पनि ढल्यो



दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले विश्वासको मत पाउन असफल भएका छन् ।

प्रदेशसभाको जारी बैठकमा मुख्यमन्त्री गिरीले दोस्रो पटक विश्वासको मत पाउन असफल भएपछि उनी स्वत: पदमुक्त भएका छन ।

गिरी पदमुक्त भएसँगै नेकपा एमालेले नेतृत्व गरेको चारवटा सरकार मध्ये तीनवटा सरकार ढलेको छ । यसअघि सुदुरपश्चिम र गण्डकी सरकार ढलेकाे थियाे ।

सरकार निरन्तरताका लागि पाउनु पर्ने ४४ मत मध्ये मुख्यमन्त्री गिरीले ३३ मत मात्रै प्राप्त गरे । उनलाई एमालेका २९ र राष्ट्रिय प्रजातन्त्र पार्टीका ४ प्रदेश सभा सांसदले मात्रै मत दिए पछि उनी स्वत: पदमुक्त भएका हुन ।

मुख्यमन्त्रीको विश्वासको मतको विपक्षमा ५३ मत खसेको थियो । प्रदेश सभामा ८७ जना सांसद रहेका छन ।

नेकपा माओवादी केन्द्रले यसअघि दिएको समर्थन फिर्ता लिए पछि मुख्यमन्त्री गिरीले विश्वासको मत मागेका हुन । उनले नेपालको संविधानको धारा १८८ को उपधारा २ बमोजिम पुनस् विश्वासको मत मागेका हुन्।

प्रदेशसभा बैठकमा बिशेष सम्बोधन गर्दै उनले संघीयता कार्यान्वयनको लागि आफ्नो नेतृत्व सरकारले थप आधार तय गर्न सफल भएको दावी गरेका थिए ।

‘यो सय दिनको अवधिमा मेरो नेतृत्वको लुम्बिनी प्रदेश सरकारले केही महत्त्वपूर्ण उपलब्धीहरू हासिल गरेको छ र थप आधार पनि निर्माण गरेको छ,’ विश्वासको मत माग्दै उनले भनेका थिए, ‘समृद्ध प्रदेश आत्मनिर्भर लुम्बिनीको मुल उद्देश्य पुरा गरी दिगो विकास लक्ष्य हासिल गर्न लुम्बिनी प्रदेश सरकारले निजी क्षेत्र, सहकारी, समुदाय र विकास साझेदारसँग सुदृढ सम्बन्ध र सहकार्यको थालनी गरेको छ।’

प्रकाशित मिति : ११ बैशाख २०८०, सोमबार  २ : ०० बजे

रोयल्टी, प्रतिलिपि अधिकार तथा बौद्धिक सम्पत्तिसम्बन्धी अध्ययन गर्न जाँचबुझ समिति गठन

काठमाडौं । सरकारले सङ्गीत रोयल्टी, प्रतिलिपि अधिकार तथा बौद्धिक सम्पत्तिसम्बन्धी

तालिमका क्रममा बेहोस भएका सशस्त्रका ६ प्रशिक्षार्थीलाई काठमाडौं ल्याइयो

काठमाडौं । सशस्त्र प्रहरी बलको टीकापुरस्थित तालिम केन्द्रमा तालिमका क्रममा

कालाञ्जरमा खगोल अध्ययन केन्द्र सञ्चालनको तयारी

पर्वत । समुद्री सतहबाट तीन हजार ३०० मिटरको उचाइमा रहेको

कानुनविपरीत प्रयोग गरिएका ‘डाक्टर’ शब्द १५ दिनभित्र हटाउन निर्देशन

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले आफ्नो नामका अगाडि कानुनविपरीत रूपमा

अमेरिका विरुद्ध नेपालको विस्फोटक ब्याटिङ, ३१८ रनको चुनौती पेश

काठमाडौं । आईसीसी विश्वकप लिग २ क्रिकेट अन्तर्गत अमेरिकाविरुद्धको खेलमा