१८ श्रावण २०८३, सोमबार | August 3, 2026

नेपालगन्जमा सरकारी जमिन संरक्षण गरिँदै



नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाले सरकारी जमिन संरक्षणमा चासो देखाएको छ । सरकारी जमिनमा भएको अतिक्रमण छुटाउँदै तारवार गरेर संरक्षण गर्ने अभियान सञ्चालन गरिएको नगरप्रमुख प्रशान्त विष्टले बताए ।

उनका अनुसार उपमहानगरका २३ वटै वडामा रहेको सरकारी जमिन पहिचान गरी संरक्षणका लागि पहल भइरहेको छ । वडा नं १ मा करिब एक कठ्ठा सरकारी जमिनको अतिक्रमण हटाएर तारबार गर्ने प्रक्रिया सुरु भएको छ । नेपालगञ्ज–१ विश्वनाथ टोलमा स्थानीयद्वारा कब्जा गरिएको सरकारी जमिनको अतिक्रमण हटाएर संरक्षणको लागि सबै प्रक्रिया अगाडि बढाइएको त्यहाँका वडाध्यक्ष प्रमोद रिजालले बताए ।

स्थानीयवासी चन्द्रकला उप्रेतीले सरकारी बाटो कब्जा गरी अन्य व्यक्तिको आवागमनमा अवरोध गराएको जनगुनासोपछि वडा कार्यालयले बुझ्दै जाँदा सरकारको नाममा भएको जग्गा अतिक्रमण गरेको पाइएकाले त्यहाँ निर्मित अस्थायी संरचना हटाएर संरक्षणको लागि तारबार गर्न लागिएको उनको भनाइ थियो । सार्वजनिक जग्गा अतिक्रमण हटाउने क्रममा आफूलाई बारम्बार विवादमा पार्न खोजिएको र अनावश्यक लाञ्छना लाउन खोजिएको वडाध्यक्ष रिजालले गुनासो गरे ।

उनले अतिक्रमणबाट छुटाइएको एक कठ्ठा जग्गामध्ये केही स्थानीयवासीलाई आवागमनमा छोडेर बाँकी जग्गामा तारबार गरिने बताए । स्थानीयवासी दत्तप्रसाद आचार्यले वडा कार्यालयले कानुनसम्मत् काम गरेकाले आफूहरुको साथ रहेको बताए । सरकारी जग्गा संरक्षण गर्ने क्रममा विवाद हुन नदिन नगर प्रमुख प्रशान्त विष्ट, उपप्रमुख कमरुद्धिन राईसहित जनप्रतिनिधिले स्थलगत अवलोकन गरेका थिए ।

प्रकाशित मिति : १४ बैशाख २०८०, बिहिबार  ३ : ४२ बजे

माइतीघर डुबान समस्याः दीर्घकालीन समाधानको खोजी गरिँदै

काठमाडौं ।  राजधानीको केन्द्र मानिने माइतीघर मण्डलाक्षेत्र सामान्य वर्षा हुँदा

सिन्धुलीमा बसको ठक्करपछि सुनकोशीमा कार वेपत्ता

सिन्धुली । सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरस्थित मध्यपहाडी राजमार्गमा सोमबार बिहान

‘पेपरलेस धनगढी’का लागि एकीकृत ‘डिजिटल’ प्रणाली

सुदूरपश्चिम । धनगढी उपमहानगरपालिकाले ‘पेपरलेस धनगढी’ को अवधारणा कार्यान्वयन गर्न

दाह्रा काटिएको ध्रुवे निकुञ्जभित्रै : १०/१० मिनेटमा अनुगमन

चितवन । बस्ती पसेर दैनिक दुःख दिने गरेको जङ्गली हात्ती

आगामी तीन दिन मनसुन सक्रिय, सतर्कता रहन आग्रह

काठमाडौँ । आगामी तीन दिन देशका विभिन्न स्थानमा वर्षा तथा